spot_img

लागु औषध गाँजा सहित एक पक्राउ



वीरगंज, १९ बैशाख ।
प्रतिबन्धित लागु औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले पर्सा जिल्ला ठोरी गाउपालिका वडा नं.५ स्थित बास वन नजिकबाट लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको हो ।
तीन जना व्यक्तिहरूले लागु औषध गाँजा बोकेर हिंडिरहेको अवस्थामा प्रहरी टोलीलाई देख्ना साथ दुई जनाले गाँजा छाडेर फरार भएको र एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरी टोलीले मकवानपुर जिल्ला मनहरी गाउपालिका वडा नं.२ को ५३ वर्षीय वौद्ध सिंह घलानलाई लागु औषध गाँजा ४६ किलो सहित नियन्त्रणमा लिएको जिप्रकाले जनाएको हो ।
पक्राउ परेका घलान विरुद्द लागु औषध सम्बन्धी कसुरमा सोमवार पर्सा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर