सहारा दैनिक

spot_img
Homeदेशमधेशवीरगंज भन्सारको नितिले चुइगम उद्योगहरु बन्द हुने अवस्थामा

वीरगंज भन्सारको नितिले चुइगम उद्योगहरु बन्द हुने अवस्थामा

कपिल डंगोल–––––––––––––––
वीरगंज, १९ बैशाख ।
कोरोना महामारी पश्चात संसारसंगै नेपालको पनि आर्थिक अवस्था जर्जर रहेको अवस्थाबाट उम्किन हरसम्भव प्रयासमा सिंगो मुलुक अग्रसर रहेको राज्यका नेतृत्व वर्गको भाषणवाजीले बुझिन्छ ।
तर यर्थातमा अर्थतन्त्र सुदृढीकरणको लागी आवस्यक नितिनियम तर्जुमा गर्ने क्रममा भने अर्थतन्त्रका मेरुदण्ड मानिएको उद्योग व्यवसायलाई धाराशायी बनाउने गरी राज्य सत्ता अग्रसर देखिएका छन ।
निजि क्षेत्र अर्थात उद्योग व्यवसायलाई उकास्न सरकारी नितिनियममा व्यापक सुधार गर्नु पर्ने उद्योगी व्यवसायीको आवाजलाई राज्यले नजरअन्दाज गरेको विभिन्न गतिविधिले छरप्रष्ट भएको पाइन्छ ।
एकातिर आयातलाई निरुत्साहित गरी स्वदेशी उत्पादनलाई बढावा दिनु पर्ने राज्यले ढोल पिटिरहेको अवस्थामा अर्को तिर नेपाली उद्योगलाई धाराशायी बनाउने गरी निति लागु गरेको वीरगंज भन्सार कार्यालयका कारण यहाका चुइगम उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।
सरकारले स्वदेशी उद्योग प्रवद्र्धनको नारा भाषणमा मात्र सिमित राख्दा चुइगम उद्योगहरु बन्द हुने अवस्थामा पुगेको हो ।
सरकारी नितिका कारण हो की वीरगंज भन्सार कार्यालय पदाधिकारीका बदमासीले हो जे होस चुइगम उत्पादनका लागी आयात गर्ने कच्चा पदार्थ (गम बेस)को भन्सार महसुल तयारी चुइगम भन्दा अत्यधिक लिन थाले पछि उद्योगीहरुले उद्योग बन्द गर्ने अवस्था सृजना भएको बताउछन ।
चुईगम उद्योगले आयात गर्ने कच्चा पदार्थमा भन्सारैैपिच्छे फरक–फरक महशुल लिने गरिएको भेटिएको छ । वीरगंज भन्सार कार्यालयले चुइगम उत्पादन गर्ने कच्चा पदार्थ गमलाई सुर्तिजन्य पदार्थमा आकर्सित हुने २१०६९०९० कोडमा वर्गीकरण गरी ३० प्रतिशत भन्सार महशुल लिन थाले पछि यहाका उद्योगीहरुले अब विदेशी चुइगमसंग प्रतिस्प्रधा गर्ने अवस्था नरहेकोले उद्योग बन्द गर्नुको विकल्प नभएको बताउछन ।
विराटनगर र भैरहवा भन्सार कार्यालयले सोही बस्तु चुइगमका कच्चा पदार्थ गमलाई ४००२३९०० एचएस कोडमा ५ प्रतिशत भन्सार महसुलमा भित्रियाउने गरेको बताइन्छ । तर वीरगंज भन्सार कार्यालयले तयारी चुइगम भन्दा बढि कच्चा पदार्थको भन्सार महशुल लिन थालेको छ ।
अहिले पनि अन्य भन्सार कार्यालयबाट ५ प्रतिशत भन्सार महशुलमा भित्रिने गरेको गमलाई वीरगंज भन्सार कार्यालयले “गम बेस”मा वर्गीकरण गरी ३० प्रतिशत महशुल लिन थाले पछि हामी समस्यामा परेको स्वीटमार्ट फुड इन्डष्ट्रिज वीरगंजका सञ्चालक निरन्जन अग्रवालको भनाइ छ ।
भारतबाट तयारी चुइङगम २८.५ प्रतिशत महशुल तिरेर भित्रिने गरेको अवस्था छ । यस अघि ४००२३९०० एचएस कोडमा ५ प्रतिशत महशुलमा जाँचपास भइरहेको कच्चा पदार्थलाई २१०६९०९० मा वर्गीकरण गरी वीरगंज भन्सारले ३० प्रतिशत भन्सार राजस्व र १३ प्रतिशत मूल्य अभिवृद्धिकर तिर्नुपर्ने अवस्था आए पछि हामी उत्पादन गरेर विक्रि गर्दा कुन मुल्यमा बेच्ने अवस्था रहन्छ ? त्यसले विदेशी उत्पादनसंग प्रतिस्प्रधा गर्न सक्छौं भनी प्रति प्रश्न अग्रवालको छ । वीरगंज भन्सार कार्यालयले जुन कोड गममा आकर्षित गर्न खोज्दै छ त्यो सुर्तीजन्य पदार्थमा आकर्षित हुने कोड भएको अग्रवाल बताउछन ।
नेपाल स्थित वीरगंज, विराटनगर, पोखरा र बनेपामा गरी आठ चुइगम उद्योगले कुल खपतको ५० प्रतिशत बजार ओगटेका छन् । त्यत्ति नै परिमाणमा आयात हुने गरेको अवस्थामा कच्चा पदार्थभन्दा कम महशुलमा तयारी वस्तु नै भित्रिएपछि अब भने विदेशी चुइगमको नेपालमा दबदबा बढ्ने उद्योगी अग्रवाल बताउनु हुन्छ । यो अवस्थामा उद्योग बन्द गर्नुको विकल्प नहुने भन्दै अग्रवालले चिन्ता व्यक्त गर्नु भएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -