सहारा दैनिक

spot_img
Homeदेशमधेशबिल विजक भन्दा बढि सामान लोड ट्रक नियन्त्रण

बिल विजक भन्दा बढि सामान लोड ट्रक नियन्त्रण

वीरगंज, १७ बैशाख ।
नियन्त्रणमा लिएको बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक पर्सा प्रहरीले राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।
सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. ८ घण्टाघर चोकबाट शुक्रवार नियन्त्रणमा लिएको ट्रक आवस्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय बारामा बुझाएको हो ।
बिल विजक भन्दा बढी विभिन्न किसिमका औषधी तथा खुद्रा मालबस्तुहरू बोकेको ट्रक रूपन्देहीतर्फ लैजांदै गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ना.४ ख ८७४० नम्बरको मालवाहक ट्रकलाई रोकेर जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको र विल बिजक संकास्पद देखिए पछि ट्रक नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको ट्रक सहित औषधी तथा खुद्रा सामानहरूको अ.मु.रू.६२ लाख ८ हजार ५ सय ९३ बराबरको मुल्यांकन गरी आवश्यक कारवाहीको लागि आइतवार राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको जिप्रकाले जनाएको हो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -