spot_img
Homeदेशमधेशमेडिसिटी बयोधा हस्पिटल विभिन्न बहानामा ठगी गरेको आरोप

मेडिसिटी बयोधा हस्पिटल विभिन्न बहानामा ठगी गरेको आरोप

वीरगंज, १४ बैशाख ।
नेपाल मेडिसिटी बयोधा हस्पिटल वीरगंजले उपचारका बहानामा बिरामीलाई ठगी गरेको आरोप लगाइएको छ ।
हस्पिटलले बिलमा उपचार नै नभएको शीर्षकमा समेत शुल्क लिएर ठगी गरेको उपचारका क्रममा मृत्यु भएका मृतकका आफन्तहरुको आरोप लगाएका छन ।
मृतकका आफन्तहरुले बिहिवार बीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी जथाभावी बिल बनाएर लाखौ रुपैया ठगी गरेको आरोप लगाएका हुन ।
मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएका बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का २७ वर्षिय विजय कुमार बरैलाई गत मंगलबार राति १२ बजे नेपाल मेडिसिटी बयोधा हस्पिटलमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बरैको बुधबार बिहान ११ बजे मृत्यु भयो ।
बरैको मृत्युपछि शव बुझने क्रममा आफन्तलाई मेडिसिटी बयोधा हस्पिटल वीरगंजले रु. ४ लाख ८० हजारको बिल दिएको मृतकका आफन्तले बताए ।
हस्पिटलले दिएको बिलमा उल्लेख शुल्कको शीर्षकहरु शंकास्पद रहेको भन्दै विवाद गरेपछि रु. ३ लाख १० हजार मात्रै लिएर शव आफन्तको जिम्मा दिएको पत्रकार सम्मेलनमा मृतकका दाजु अजय कुमार चौरसियाले बताउनु भयो ।
बिलमा एउटै उपचारको पनि अलग–अलग शीर्षक राखेर रकम जोडिएको उहाको गुनासो छ ।
पत्रकार सम्मेलनमा मृतकका दाजु अजय कुमार चौरसियाले नेपाल मेडिसिटी बयोधा हस्पिटलले बिरामीको उपचारभन्दा पनि व्यापारी बनेर बिरामीलाई ठग्दै आएको आरोप लगाउनु भयो ।
बिजयको उपचारका क्रममा टाउकोको शल्यकृया गरेबापत अस्पतालले अनेक शीर्षकको शुल्क जोडेर रकम असुलेको मृतकका दाजु अजयले आरोप लगाउनु भयो ।
अस्पतालले दिएको बिलमा सर्जन चार्ज,अप्रेशन गर्ने डाक्टरको शुल्क रु. १ लाख ९२ हजार ५ सय र अप्रेशन चार्ज रु. १ लाख ५ हजार उल्लेख रहेको उहाले बताउनु भयो । त्यस्तै एनेस्थेसियाको शुल्क रु. ५२ हजार र प्रोसेजर चार्ज शल्यकृयाको तयारी शुल्क रु. २० हजार पनि बीलमा उल्लेख रहेको देखियो ।
मृतकका दाजु अजयले सर्जन चार्ज र अप्रेशन चार्ज अलग–अलग किन अप्रेशन डाक्टरले नै गरेका हुन् , त्यसोभए सर्जन चार्ज छुट्टै लिनु कहाँ सम्मको जायज हो ? यो त सरासर लुटतन्त्र हो भनी आरोप लगाउनु भयो ।
अप्रेशन गर्नुपूर्व बिरामीलाई अचेत पार्न एनेस्थेसिया चार्ज बापत पनि छुटटै रु. ५२ हजार र अप्रेशन गर्ने डाक्टरले गर्नु पर्ने तयारी प्रोसेजेर चार्ज बापत पनि छुट्टै रु. २० हजार लिएकोले यो पनि ठगी नै भएको अजयको आरोप छ ।
यसका अतिरिक्त भेन्टिलेटर चार्ज प्रतिदिनको रु. ४ हजार ८ सय लेखिएपनि अस्पतालले २४ घण्टा भेन्टिलेटरमा राखेबापत दोब्बर शुल्क लिएको उहाले बताउनु भयो ।
नेपाल मेडिसिटी बयोधा हस्पिटल अकुत सम्पति कमाएकाहरुले मात्रै उपचार गर्ने अस्पताल भएको आरोप लगाउदै मृतकका दाजु अजयले यो अस्पताल उपचार सेवाका लागि नभइ व्यापारका लागी मात्र खोलिएको आरोप पनि लगाउनु भयो ।
मृतकका दाजुले अस्पतालले अप्रेशन चार्ज जोडेर लिएको भएपनि अप्रेशन नै नगरेको आशंका पनि रहेको बताउनु भयो । अप्रेशनका लागी भनेर रु. ४८ हजारको औषधी मगाए पनि अप्रेशनपछि रु. ४० हजारको औषधी फिर्ता गराइदिएकाले अप्रेशन भयो भन्नेमा आशंका रहेको मृतकका दाजुले बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -