spot_img
Homeदेशमधेशवीरगंज महानगरले अव्यवस्थित तार काटेर हटाउने

वीरगंज महानगरले अव्यवस्थित तार काटेर हटाउने

वीरगंज, १४ बैशाख ।
वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका इन्टरनेट तथा टेलिफोनका तारहरू काटेर हटाउने भएको छ ।
महानगरक्षेत्रमा सेवा प्रवाह गर्ने सेवा प्रदायक कम्पनीका प्रतिनिधिसहितको बिहीबार बसेको बैठकले नगरक्षेत्रको अव्यवस्थित तार काटेर हटाउने निर्णय गरेको हो ।
पहिलो चरणमा आइतबार देखि घण्टाघर क्षेत्रबाट अव्यवस्थित तार हटाउने काम सुरु गरिने निर्णय गरिएको महानगरका प्रशासन प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिनुभयो ।
महानगरले पटक–पटक तार व्यवस्थापनका लागी पहल गर्दा समेत सेवा प्रदायक कम्पनीले चासो नदेखाए पछि आइतबारबाट भने काटेरै हटाउन लागिएको हो ।
बैठकमा महानगर भित्र सेवा प्रवाह गर्ने सबै इन्टरनेट तथा केवल सेवा प्रदायकका प्रतिनिधि बोलाइएको भए पनि ५ वटा सेवा प्रदायकका प्रतिनिधि मात्रै सहभागी भएका थिए । नेपाल टेलिकम, सीजी नेटवर्क, भायनेट, म्याक्स र हकनेटका प्रतिनिधि बैठकमा सहभागी थिए ।
वीरगंजको मुख्य सडक र शाखा सडक छेउमा रहेका विद्युतीय पोल र टेलिकमका पोलहरूमा विभिन्न कम्पनीका नेट सेवा प्रदायक तथा अन्य संस्थाहरूले टांगेका तारहरू अव्यवस्थित रहेको र यसले महानगरको सौन्दर्यतालाई नै कुरूप बनाएकोले महानगरले व्यवस्थापनको लागि पटक–पटक प्रयास गर्दै आइरहेको छ ।
अव्यवस्थित तारका कारण नगर क्षेत्रमा दुर्घटना समेत हुंदै आएको र आगामी दिनहरूमा पनि यसबाट अन्य मानवीय दुर्घटना हुन सक्ने हुंदा ती तारहरूको व्यवस्थापन गर्न काटेरै हटाउन अघि बढ्न थालेको जनाइएको छ ।
बैठकमा सहभागी सेवाप्रदायक कम्पनीका प्रतिनिधिले तार व्यवस्थापनमा अटेर गर्ने सेवा प्रदायकलाई जरिबाना गर्ने व्यवस्था सुरु गर्न पनि आग्रह गरेका छन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -