spot_img

दुई अपहरणकारी पक्राउ



राधेश्याम साह–––––––––––––––
गौर, १३ बैशाख ।
अपहरण गरी फिरौती माग्ने दुई जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
घर बनाउन भनी बोलाइ बन्धक बनाएर फिरौती माग गरेको आरोपमा रौतहट जिल्ला राजदेवी नगरपालिका वडा नं. ६ मोहनपुरको २१ बर्षिय राजा भन्ने राजाबाबु पटेल र दीपेश भन्ने मन्त्रीबाबु रायलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले परोहा नगरपालिका वडा नं. ३ तेजापाकड निवासी राज कुमार महतोलाई बैशाख ९ गते सर्लाही जिल्ला बलरा स्थित घर बनाउनु छ भनि रक्सी भट्टीमा लगेर अपहरण गरेका थिए ।
महतोलाई अपहरण गरि बन्धक बनाएर पेस्तोल देखाई कुटपिट गरी अपहरणकारीहरुले निजको घरमा फोन गरेर फिरौती वापत रु. चार लाख माग गरेको प्रहरीले जनाएको छ ।
अपहरणमा परेका महतोलाई बलराबाट भारत तर्फ लैजान लागेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बलरा नगरपालिका वडा नं. ३ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट अपहरितलाई उद्धार गर्नुको साथै दुई जना अपहरणकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक वीरबहादुर बुढा मगरले जानकारी दिनु भयो ।
पक्राउ परेका अपहरणकारीलाई अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उधोग मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद गराई कारवाही प्रक्रिया अघि बढाइएको प्रउ मगरले जानकारी दिनु भएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर