वीरगंज, १२ बैशाख ।
प्रतिबन्धित लागु औषध लोड रहेका टाटा सुमो जिप सहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वरिगंज महानगरपालिका वडा नं. १२ स्थित बाइपास सडकबाट लागु औषध लोड टाटा सुमो सहित एक जनालाई पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्र.नि. आशुतोष बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीमनपा वडा नं.१६ बस्ने बर्ष २५ को बब्लु पाठकले भारतबाट चलाएर ल्याएको अवस्थामा ना.१ ज. २०३७ नं. को टाटा सुमोलाई सोमवार राती १० बजेको समयमा रोकेर चेकजाँच गर्दा लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
चेकजाँचको क्रममा सुमोको ईन्जिन माथिको बर्नटको दुबैपट्टीको भागमा कालो पलाष्टिकमा १४ पोका बनाई लुकाई छिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागु औषध फेनारगन १४०० एम्पुल, डाईजेल्याब १४०० एम्पुल र नुरफिन १४०० एम्पुल गरी ४२०० एम्पुल फेला परेको जिप्रकाले जनाएको छ ।
लागु औषध फेला परे पछि जिप सहित चालक बब्लु पाठकलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसुरमा मंगलवार पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइ रहेको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box