वीरगंज, ०९ बैशाख ।
तस्करहरुले भारतबाट नेपाल तर्फ अवैध रुपमा भित्रियाइएको कपडा सहितको पिकअप सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र बीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले कपडा सहितको पिकअप नियन्त्रणमा लिएको हो ।
संयुक्त टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ बाइपास सडक स्थित बैष्णोदेवी मन्दिर नजिकबाट कपडा सहित पिकअप नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको कपडा र पिकअपको रु. ३२ लाख ५१ हजार २ सय मुल्यांकन गरी आवस्यक कारवाहीको लागी भन्सार कार्यालयमा बुझइएको सप्रनाउ रामजंग पाण्डेले जानकारी दिनु भयो । त्यसै गरी सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले रु. १५ लाख ४५ हजार मुल्य बराबरको ४६ किलो कामाख्य सिन्दुर सहित भारतीय द्यच्ण्छ ब्ग्छडढछ नं.को स्कुटर पनि नियन्त्रणमा लिई वीरगंज भन्सार कार्यालयमा बुझाइएको सप्रनाउ पाण्डेले बताउनु भयो ।
Facebook Comments Box