spot_img
Homeदेशमधेशभारतीयलाई जन्मदर्ता सहित नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष पक्राउ

भारतीयलाई जन्मदर्ता सहित नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष पक्राउ

कलैया, ०६ बैशाख ।
भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउने सिफारिस गरेको आरोपमा कलैया उपमहानगरपालिका वडा नं. १० का अध्यक्ष साविर अन्सारी पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय बाराले अन्सारीलाई बुधवार पक्राउ गरेको हो ।
क.उ.म.न.पा. वडा नं. १० मटिअर्वाका जोधन साह तुराहाको भारतीय नागरिक नाती रमेश साह तुराहालाई नेपाली नागरिकता बनाउन सिफारिस गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
वडा अध्यक्ष अन्सारीले आर्थिक लेनदेनको आधारमा नाती रमेश साह तुराहालाई हजुर बुबा जोधन साह तुराहाको छोरा भनी जन्म दर्ता गर्नुको साथै नेपाली नागरिकताको लागी सिफारिस समेत गरेको भनी परेको उजुरीको आधारमा निजलाई पक्राउ गरिएको जिप्रका बाराका प्रमुख प्रउ होविन्द्र बोगटीले जानकारी दिनु भयो ।
बुधवार पक्राउ परेका अन्सारीलाई हिरासतमा राखी थप अनुसन्धान भइ रहेको प्रउ बोगटीले बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -