spot_img
Homeदेशमधेशश्रोत नखुलेको १९ लाख ५० हजार सहित ३ पक्राउ

श्रोत नखुलेको १९ लाख ५० हजार सहित ३ पक्राउ

वीरगंज, ०६ बैशाख ।
श्रोत नखुलेको उनाइस लाख पचास हजार रकमसहित तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
विषेश सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट प्र.नि.आशुतोष बहादुर शाहीको कमाण्डमा खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं.८ र वडा नं. ११ स्थित सडकखण्डबाट श्रोत नखुलेको उक्त रकम सहित ३ जनालाई पक्राउ गरेको हो ।
विषेश सूचनाको आधारमा बुधवार वडा प्रहरी कार्यालय श्रीपुरबाट प्र.नि.आशुतोष बहादुर शाहीको कमाण्डमा खटिएको टोलीले वी.म.न.पा. वडा नं. ११ स्थित सडकखण्डमा प्रदेश ३–०३–००१ प १२३३ नम्बरको मो.सा.लाई रोकेर मो.सा.मा सवार बारा जिल्ला जितपुरसिमरा उ.म.न.पा.वडा नं.७ को छठु महत्तोको खानतलासी गर्दा निजले लगाएको हेल्मेट तथा मो.सा.को वायाँ तर्फको भागमा फल्स बनाई लुकाइ छिपाई राखिएको श्रोत नखुलेको नेपाली रू.१४ लाख फेला परे पछि निजलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
त्यसै गरी प्रहरी टोलीले मंगलवार संकास्पद रूपमा हिंडिरहेका दुई जनालाई रोकेर निजहरूको शरीर खानतलासी गर्दा बारा जिल्ला परवानीपुर गा.पा.वडा नं.३ लिपनीमालको कृष्ण प्रसाद सोनारले भिरेको कालो झोलाबाट श्रोत नखुलेको नेपाली रू.१ लाख ६० हजार र सुनिल साह कानुले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको नेपाली रू.३ लाख ९० हजार फेला परे पछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ परेकाहरु उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइ रहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -