वीरगंज, ०६ बैशाख ।
पर्सा प्रहरीले भन्सार छली गरी ल्याइएको बिभिन्न किसिमका चाईनिज खाद्यान्न मालबस्तुहरू नियन्त्रणमा लिएको छ ।
प्रहरीले काठमाण्डौंबाट भारतको दिल्ली जाने बसलाई वीरगंज महानगरपालिका वडा नं. १६ स्थित संक्राचार्य गेटमा चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएको चाइनिज मालबस्तुहरु नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी इनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले काठमाण्डौबाट भारतको राजधानी दिल्ली सम्म जाने सार्वजनिक बसलाई चेकजाँच गर्दा विना भन्सार प्रज्ञापनपत्रको बिभिन्न किसिमका चाईनिज खाद्यान्न मालबस्तुहरू वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । विना प्रज्ञापन पत्रको बरामद गरिएका मालबस्तुहरुको रू.२ लाख ८१ हजार २ सय ५० मुल्यांकन गरी आवश्यक कारवाहीको लागि बुधवार वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box