वीरगंज, ०५ बैशाख ।
बिल बिजक भन्दा बढी खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू लोड रहेको ट्रकहरू पर्सँ प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको ट्रकहरू धनुषा तथा सिन्धुली तर्फ लैजादै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले दुई मालबाहक ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. ८ घण्टाघर स्थित सडकखण्डमा ना.३ ख ५३८४ र ना.३ ख ६०७५ नम्बरको मालवाहक ट्रकहरूलाई रोकेर जा“च गर्दा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिए पछि उक्त ट्रकहरु नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
नियन्त्रणमा लिइएको ट्रकहरु सहित मालसामानको अ.मु.रू.९९ लाज ९८ हजार २ सय ८० मुल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मंगलवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box