सहारा दैनिक

spot_img
Homeसमाचारकाठमाडाँै–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)ः समयमा बन्ने प्रधानमन्त्री दाहालको विश्वास

काठमाडाँै–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)ः समयमा बन्ने प्रधानमन्त्री दाहालको विश्वास

हेटौँडा, ५ वैशाख (रासस)
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले निर्माणाधीन काठमाडाँै–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) समयमै बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
आज मकवानपुरको भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकास्थित राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको द्रुत मार्ग (फास्ट ट्र्याक) को अवलोकन एवं निरीक्षण गर्दै उहाँले यस्तो बताउनुभएको हो । द्रूतमार्गमा बनिरहेको सुरुङको पनि अवलोकन गर्दा काम दु्रतगतिमा भइरहेको पाइएको प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।
सरकारले सहजीकरणको पाटोमा कुनै कमी नराख्ने बताउँदै जनभावना अनुरुप निर्माण प्रक्रिया भइरहेको पाएको उहाँले जनाउनुभयो । नेपाल सरकारले नेपाली सेनालाई जिम्मा दिएर सही निर्णय गरेको महसुस भएको उहाँको भनाइ छ । निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले आयोजनाको अहिलेसम्मको उपलब्धिबारे जानकारी लिनुभयो ।
“हिजो मात्रै काठमाडौँमा ब्रिफिङ भएको थियो । हामी आज निरीक्षणमा आएका छौँ । प्रत्यक्ष हेर्दा काम राम्रै भएको महसुस भएको छ । टनेलभित्र गएर पनि हे¥यौँ । ठूलो टनेल बन्दै छन्”, उहाँले भन्नुभयो । कोभिडका कारण दुई वर्ष काम ढिला भएकाले अब तीव्र गतिमा काम हुने उहाँको भनाइ छ ।
प्रधानमन्त्री दाहालले सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले यस आयोजनासँग सम्बन्धित कतिपय निर्णय गरिने जनाउनुभयो । उहाँले भन्नुभयो, “द्रुतमार्गका निम्ति जरुरी पर्ने ऐलानी जग्गा सम्बन्धित र अन्य कुरामा निर्णय गरेर सरकारले सहजीकरण गर्नेछ ।” आयोजनाको जिम्मेवारी आफू प्रधानमन्त्री हुँदा नेपाली सेनालाई दिएको समेत उहाँले स्मरण गर्दै राष्ट्रको भावना, जनताको चाहना र मनोविज्ञानलाई कदर गर्दै नेपाली सेनालाई दिने निर्णय गरेको जनाउनुभयो ।
प्रधानमन्त्री दाहालले आज नेपाली सेनाको हेलिकप्टरबाट मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका–५, राजदमारमा स्थलगत अनुगमनसँगै स्थानीयवासीको गुनासो र जिज्ञासा सुन्नुभएको थियो ।
तराईलाई संघीय राजधानीसँग जोड्ने सबैभन्दा छोटो मार्ग भएका कारण यस आयोजनालाई गौरवको आयोजनाको पहिलो प्राथमिकतामा राखिएको छ । द्रुतमार्ग बारा, मकवानपुर र ललितपुर जिल्ला भएर राजधानी जोडिन्छ । प्रधानमन्त्रीले मकवानपुरको बकैया गाउँपालिकाको लेनडाँडा र राजदमार तथा भीमफेदी गाउँपालिकाको महादेवटारमा स्थलगत अवलोकन गर्नुभयो ।
अवलोकनमा प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा प्रकाशशरण महत, मुख्यसचिव शङ्करदास वैरागी, नेपाल सरकारका सचिव र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतको सहभागिता रहेको थियो । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यो आयोजना काठमाडौँलाई तराई, मधेससँग जोड्ने सबैभन्दा छोटो दूरीको आयोजनाका रूपमा लिइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -