spot_img

अवैध कपडा लोड मिनि ट्रक नियन्त्रण



वीरगंज, २८ चैत्र ।
सशस्त्र प्रहरी बल सिरहाले अवैध कपडा लोड रहेको एक मिनि ट्रक नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वाटर सिरहा जिल्लाबाट खटिएको टोलीले बिल बिजक नभएको भन्सार छली अवैध रुपमा ल्याइएको कपडा सहित मिनि ट्रक नियन्त्रणमा लिइएको हो ।
सप्रनाउ प्रमोद प्रकाश पाठकको नेतृत्वमा खटिएको टोलीलाई देखेर चालक फरार भए पछि कपडा लोड रहेको प्र.२–०१–००१ ख ०२९८ नं.को मिनि ट्रकलाई लहान नगरपालिका वडा नं. २ स्थितबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल प्रदेश २ ले जनाएको छ ।
नियन्त्रणमा लिइएको कपडाको अन्दाजी मुल्य रु. १२ लाख र गाडिको रु. २० लाख मुल्यांकन गरी आवस्यक कारवाहीको लागी भन्सार बुझाइएको जनाइएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर