वीरगंज, २७ चैत्र ।
विगत तीन महिना देखि बन्द रहेको वीरगंज–रक्सौल विचको तस्करी लाइन संचालनमा आएको समाचार प्राप्त भएको छ ।
पर्सा जिल्ला सदरमुकाम वीरगंज स्थित इनर्वा गाउ, वीरगंज भन्सार मुख्य नाका, छपकैया भकुवाकोना, बजार छपकैया र सिर्सिया अलौंका साथै जिल्लाको ग्रामिन भेगबाट समेत संस्थागत रुपमा संचालित अवैध ओसार पोसार (तस्करी) लाईन गत पुष १० गते गठित पुष्पकमल दाहाल नेतृत्व सरकारमा रवी लामिछाने गृह मन्त्री भए पछि बन्द भएको लाइन पछिल्लो हप्ता देखि संचालनमा आएको चर्चाले व्यापक्ता पाएको छ ।
समाचार श्रोतका अनुसार पछिल्लो साता देखि जिल्ला सदरमुकाम वीरगंज महानगरपालिका वडा नं. १६ स्थित सिमावर्ती इनर्वा गाउ र वीरगंज भन्सार कार्यालय पछाडि (पुर्व)बाट तस्करी लाईन संचालनमा आएको हो ।
तस्करहरुले सिमावर्ती भारतीय सहर रक्सौलबाट बिभिन्न खुद्रा, हार्डवेयर, कपडा, मोटर पार्टस, किराना सामग्री काजु, छोहडा लगायतका सामाग्रीहरु भन्सार छली गरी यी नै बाटो प्रयोग गरी नेपाल भित्रियाउने गरेको श्रोतले जनाएको छ ।
हुन त दिनहु नेपाल प्रहरीले बिल विजक भन्दा बढि मालसामान लोड भएको ट्रकहरु नियन्त्रणमा लिइरहेको घटनाले पनि सिमा क्षेत्रबाट तस्करी भइरहेको पुष्टि हुन्छ ।
सिमा क्षेत्रबाट अवैध ओसार पोसार नियन्त्रणका लागी राज्यले सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ भने नेपाल प्रहरीको पनि स्थाई, अस्थाई र पोष्टहरु पनि सिमा क्षेत्रमा अवस्थित छ र तस्करहरु आफ्नो कारोवार गर्दा दुवै सुरक्षा निकायका ति युनिटहरुको सहमती बेगर गर्न नसक्ने अवस्था हुंदा हुंदै पनि कसरी भन्सार छली गरी दैनिक रुपमा करोडौं मुल्य बराबरको माल सामान भित्रियाउछन भन्ने कुरा छर्ल· छ ।
पछिल्लो समय इनर्वा गाउ र वीरगंज भन्सार कार्यालय पछाडि (पुर्व) तर्फबाट तस्करी लाइन सुचारु भएको भन्ने सामाचारहरु प्रकाशमा आएका छन ।
यस सम्बन्धमा वीरगंज भन्सार बोर्डर आउट पोष्टका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक रामजंग पाण्डेसंग जिज्ञासा राख्दा उहाले यहाँबाट कुनै किसिमको अवैध कारोबार नभएको दावी गर्दै कोही कसैले यस्तो कारोवार गरेको भए सुचना पाउ भनी आग्रह गर्नु भयो ।
उहाले मेरो सहमतीबाट कुनै किसिमको तस्करी नभएको दावी गर्दै बरु हामीले मालसामान पक्राउ गर्दा पत्रकारहरुले छुटाउन आउने गरेको आरोप लगाउनु भयो । सप्रनाउ पाण्डेले आफु पनि २०६० साल सम्म पत्रकारीता गरेको बताउनु भयो ।
सिमा क्षेत्रबाट अवैध रुपले कुनै मालसामान नभित्रिएको दावी गरेका सप्रनाउ पाण्डेसंग नेपाल प्रहरीले पछिल्लो केही समय देखि प्राय दिनहु जसो नै बिल विजक भन्दा बढि मालसामान लोड रहेको ट्रकहरु नियन्त्रणमा लिने गरेको भन्ने राष्ट्रिय सहाराले जिज्ञासा राख्दा उहाले त्यो त नेपाल प्रहरीले व्यवसायीलाई दुःख दिने नियतले ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धानमा बुझाउने गरेको आरोप पनि लगाउनु भयो ।
सप्रनाउ पाण्डेले यहाँ कोही पनि इमान्दार नरहेको समेत भन्न भ्याउनु भएको छ ।
Facebook Comments Box