वीरगंज, २७ चैत्र ।
पर्सा प्रहरीले बिल बिजक भन्दा बढी खुद्रा,हार्डवेयर तथा लत्ताकपडाहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।
बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको ट्रक वीरगंजबाट चितवन तर्फ लैजादै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उक्त ट्रक नियन्त्रणमा लिइएको हो ।
प्रहरी टोलीले आइतवार वीरगंज महानगरपालिका वडा नं.१३ पावरहाउस चोक स्थित सडकखण्डबाट ना.२ ख ९३८९ नम्बरको ट्रकलाई नियन्त्रणमा लिईएको जिप्रकाले जनाएको छ ।
नियन्त्रणमा लिइएको मालवाहक ट्रकभित्र लोड रहेका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू अन्दाजी मुल्य रू.६० लाख ३८ हजार १ सय ८८ बराबरको मालबस्तुहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सोमवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक गिरीले जानकारी दिनु भयो ।
Facebook Comments Box