spot_img

नर्सिङ क्याम्पस की प्रअद्वारा छात्रा माथि कुटपिट



वीरगंज, २७ चैत्र ।
वीरगंज नर्सिङ क्याम्पस की प्रधानाध्यापिका जमुना भट्टराईले विद्यार्थीहरु माथि गाली गलौज सहित कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ ।
आइतवार अवेर राती प्रधानाध्यापिका भट्टराईले वीरगंज नर्सिङ क्याम्पस परिसरमा विद्यार्थीहरुलाई गाली गलौज गर्दै कुटपिट गरेको भिडियो सोमवार सार्वजनिक भएको हो ।
सार्वजनिक भएको भिडियोमा प्रअ भट्टराइले छात्राहरु माथि कुटपिट गर्दै जहां जानु छ, खोज्नु छ, खोज, जाउ पत्रिकामा निकाल भनी धम्की दिंदै लखेटि रहेको दृष्य देखिएको छ ।

व्यापक भिडभाड विच छात्राहरुलाई गाली गलौज र कुटपिट गरिरहेको दृष्य सहितको भिडियो सार्वजनिक भएको हो । यस सम्बन्धमा प्रअ भट्टराईको मोवाइल नं. ९८५५०८८९६१ मा सम्पर्क गर्दा उहाले फोन उठाउनु भएन । यसै सम्बन्धमा नेपाल विद्यार्थी संघ वीरगंज नर्सिङ क्याम्पस इकाइ सभापति सविना सुनारसंग बुझ्दा उनले नेवि संघले लगाएको ताल्चा अवेर राती फुटाएको सम्बन्धमा सोधखोज गर्न जांदा प्रअ भट्टराईले हामी माथि कुटपिट गरेको बताइन । उनले भनिन्–नेवि संघले गरेको ताला बन्दीको विरुद्ध प्रअ भट्टराइले अरु छात्राहरुलाई अनावस्यक भ्रम फैलाएर अवेर राती ताल्चा फुटाएको बारे हेर्न गएका थियौं । ताल्चा फुटाएको देखे पछि हामीले प्रेस विज्ञप्ती लेख्न खोज्दा प्रअ भट्टराईले एक्कासी हामी माथि खनिएको बताइन ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर