सहारा दैनिक

spot_img
Homeदेशमधेशयौन धन्धामा संलग्न आरोपमा ५ पक्राउ

यौन धन्धामा संलग्न आरोपमा ५ पक्राउ

गौर, २६ चैत्र ।
रौतहट जिल्ला सदरमुकाम गौर स्थित रोयल इन्दु होटलमा प्रहरीले छापामारी गरी होटल सञ्चालिका सहित ५ जनालाई पक्राउ गरेको छ ।
गौर बसपार्क स्थित रोयल इन्दु होटेलमा यौंन धन्धा संचालन गरिरहेको आरोपमा रौतहट प्रहरीले संचालिका सहित ५ जनालाई पक्राउ गरेको हो ।
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएका प्रहरी टोलीले आईतवार दिउसो रोयाल इन्दु होटेलमा छापामारी गरी २ जना पुरुष, दुई जना महिला सहित संचालिकालाई समेत पक्राउ गरेको जनाइएको छ ।
यौंनधन्धाको आरोपमा दुई महिला, दुई पुरुष तथा उक्त कार्य गराउने होटेलकी संचालिकालाई हिरासतमा लिई थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
श्रोतका अनुसार रोयाल इन्दु होटेलबाट पक्राउ परेका मध्ये एक जना सशस्त्र प्रहरी बलको सहायक हवलदार पनि रहेको भनिए पनि त्यस बारे प्रहरीले पुष्टि गरेको छैन ।
दुई दिन अघि गौर नपा वडा नं. १ स्थित गुदरी बजार जाने गल्लीको बाटोमा साहिवा ब्यूटी पार्लरको आडमा अबैध यौंन धन्धामा संलग्न एक महिला एक पुरुष र व्यूटीपार्लरका संचालिकालाई पक्राउ गरेर मुद्दा चलाइएको जिप्रका रौतहटले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -