गौर, २६ चैत्र ।
रौतहट जिल्ला माधवनारायण नगरपालिकामा भएको भिषण आगलागीबाट २१ भन्दा बढी घर जलेर नष्ट ।
माधव नारायण नगरपालिका वडा नं. ४ विसुनपुर्वा मानपुरमा भएको आगलागीबाट २१ भन्दा बढी घर जलेर नष्ट भएको हो ।
स्थानीय जिउत मुखियाको घरबाट सल्कीएको आगोले बस्तीका २१ घर जलेर नष्ट भएको स्थानीयले जनाएका छन ।
आइतबार दिउसो २ बजे जिउत मुखियाको घरमा खाजा बनाउन चुलो बालेका बेला घरमा आगो लागेको थियो । तीव्र हावाको बेगका कारण क्षणभरमै उनको घरबाट छिमेकीको घरमा आगो सल्किदै बस्तीमा पुगेको रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिनु भयो ।
प्रजिअ मिश्रका अनुसार आगो नियन्त्रणमा लिन स्थानीय सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा चन्द्रपुर र गौर नगरपालिकाको वारुणयन्त्रको सकृयतामा आगलागी नियन्त्रणमा लिइएको हो ।
आगलागीबाट मानविय क्षति नभएको र धनमालको क्षती विवरण संकलन हुन नसकेको प्रजिअ मिश्रले बताउनु भयो ।
Facebook Comments Box