वीरगंज, २६ चैत्र ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले श्रमिक वर्गको माग सम्बोधन गर्न श्रम आयोग गठन गर्नुपर्ने बताउनु भएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसनिकट नेपाल यातायात मजदुर संघको वीरगंजमा आयोजित सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले यस्तो बताउनु भएको हो ।
उहाले संविधान बन्ने क्रममा श्रम आयोगको कुरा उठाएको थिए, तर यसमा ध्यान पुगेन । श्रम आयोग बनाउन सबैको ध्यान जानुपर्नेमा जोड दिदै आयोग गठनका लागि सबै क्षेत्रबाट दबाबको आवश्यकता औल्याउनु भयो ।
उहाले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन मजदुरको ठूलो भूमिका रहेको बताउदै श्रमिक वर्ग सवल र सक्षम भए मात्र लोकतान्त्रिक व्यवस्था मजबुत हुने बताउनुभयो ।
संविधानमा मधेसी, महिला र दलित वर्गको प्रतिनिधित्व सुनिश्चित गरिए जस्तै श्रमिकको प्रतिनिधित्व सुनिश्चिताका लागि श्रमिक संगठित भएर लाग्नुपर्नेमा समेत जोड दिनु भयो ।
नेता कोइरालाले मजदुर नै कांग्रेस पार्टीका जन्मदता हुन् भन्दै कांग्रेसले जसरी मजदुरका सवालमा गम्भीर हुनुपर्दथ्यो त्यो हुन नसकेको बताउदै केबल समस्या परेका बेला मजदुरलाई खोज्ने र समस्या हल भएपछि बिर्सिदै आएको पनि बताउनु भयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य अजय चौरसियाले सातवटै प्रदेशमा मजदुरका लागि छुट्टै अस्पताल बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, पूर्व सांसद शोभाकर पराजुलीलगायतले मन्तव्य व्यक्त गर्नु भयो । वीरगंज स्थित नगरसभा गृहमा आयोजित नेपाल यातायात मजदुर संघको राष्ट्रिय महाधिवेशनमा देशभरीका यातायात मजदुर नेताको सहभागिता छ ।
Facebook Comments Box