वीरगंज, २५ चैत्र ।
भगवान श्री रामभक्त हनुमानको जन्मोत्सवको अवसरमा आयोजित सोभायात्रा विथोलेर दंगा फैलाउने असफल प्रयास भएको छ ।
विश्व हिन्दु परिषद सहित विभिन्न हिन्दु धार्मिक संघसंगठनका साथै आम हिन्दुहरुद्वारा स्वफुर्त हजारौंको सहभागितामा शनिवार वीरगंजमा आयोजना गरिएको बृहत शोभायात्रामा ढुंगामुडा गरेर विथोल्ने प्रयास गरे पनि षडयन्त्रकारीहरु असफल भएका हुन ।
वीरगंज स्थित घण्टाघर चोकबाट शनिवार दिउसो ३ बजे शुरु भएको भगवान हनुमानको शोभायात्रा नगर परिक्रमा गर्ने क्रममा वीरगंज महानगरपालिका वडा नं. २ र ३ को सिमामा पर्ने छपकैया स्थित श्री राम सिनेमा हलको दक्षिण तर्फ पुग्दा यात्रामाथी ढुंगामुडा हुंदा यात्रामा सहभागीहरुको संयम्ताका कारण ठुलो दुर्घटना हुनबाट जोगीएको प्रत्यक्ष दर्शीहरुले बताएका छन ।
सडक छेउमा रहेको एक साइकल÷रिक्सा बनाउने पसलको पछाडीबाट केही असमाजिकतत्व एवं गैर हिन्दुहरुले ढुंगामुडा गर्दा प्रहरीको सकृयता र यात्रामा सहभागीहरुको संयम्ताका कारण झडप हुनबाट जोगिएको भए पनि षडयन्त्रकारीहरुले पुनः नावालकहरुलाई प्रयोग गरी यात्रा माथी ढुंगामुढा गर्दा केही हिन्दु युवाहरु घाइते पनि भएका छन ।
वीरगंज महानगरका अधिकांश वडाका हिन्दु धर्म प्रति आस्था राख्ने सर्वसाधरण तथा जिल्लाका ग्रमिन भेगबाट समेत स्वस्फूर्त रुपमा सहभागीता जनाएका शोभायात्रीहरु उपर भएको ढुंगामुढाको क्रममा दोहोरो झडप भएको भए ठुलै दुर्घटना हुने अवस्था थियो । तर यात्रामा सहभागीहरुको संयम्ताका कारण कुनै अप्रिय घटना नभएको प्रत्यक्षदर्शीहरुले बताएका छन ।
हिन्दु धर्मको प्रतिक तरबार, त्रिशुल सहित भगवा झण्डा, डिजे र भगवान हुनमानको झांकी सहित शोभा यात्रात्रमा सहभागीहरुले जय श्रीरामको जयकारा लगाउदा शनिबार दिउँसो देखि सांझ सम्म वीरगंज शहर जयश्रीरामको नाराले गुन्जयमान भएको थियो ।
शोभायात्राका क्रममा वीरगंज स्थित घण्टाघर चोक देखि अलखीयामठ सम्मको मनेरोड सहभागीहरुको भिडले खचाखच भरिएको थियो ।
कुनै अप्रिय घटना हुन नदिन शनिबार दिउसो देखि नै वीरगंज नगर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ठुलो संख्यामा परिचालन गरिएको थियो ।
शोभायात्रामा सहभागीहरुका लागि हिन्दुवादीका साथैै विभिन्न संघसंगठनहरुले नगरका विभिन्न स्थानमा सर्बत र पानीको स्टल पनि राखेका थिए । विश्व हिन्दु परिषदको अवहानमा शोभा यात्रा निकालिएको थियो ।
Facebook Comments Box