spot_img
Homeदेशमधेशढुंगामुढा प्रहार गर्ने उपर कारवाहीको माग

ढुंगामुढा प्रहार गर्ने उपर कारवाहीको माग

वीरगंज, २५ चैत्र ।
बिश्व हिन्दु परिषद नेपालको अहवानमा भगवान श्री रामभक्त हनुमानको जन्मोत्सवको अवसरमा आयोजित सोभायात्रामा ढुंगामुढा गर्ने उपर कारवाहीको माग गरिएको छ ।
बिश्व हिन्दु परिषद नेपालले ढुंगामुढा प्रहार गर्ने माथि कारवाहीको माग गरेको हो ।
परिषदका अध्यक्ष टिका बहादुर पहारी र महासचिव जितेन्द्र कुमार सिंहले संयुक्त रुपमा शनिबार सांझ एक प्रेस विज्ञप्ती जारी गरी हनुमान जन्मोत्सवको उपलक्ष्यमा आयोजना गरिएको शान्तिपूर्ण शोभायात्रामाथि छपकैया २ स्थित फर्किने क्रममा ढुंगामुढा प्रहार गरिएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्ती मार्फत शान्तिपूर्ण शोभा यात्रामा ढुंगामुढा गर्ने असामाजिक तत्वलाई यथासिघ्र अनुसन्धान गरी कडा कानुनी कारवाही गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गरेको छ ।
परिषदले उपरोक्त घटनाका दोषीहरुलाई कुनै पनि बहानामा जोगाउने प्रयास गरियो भने तत्पश्चात् सिर्जना हुने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष स्वयं नै चेतावनी समेत दिएको छ ।
विज्ञप्तीमा बहुसंख्यक हिन्दुहरुको चाडपर्वमा एक समुदाय विशेषको तर्फबाट बारम्बार प्रहार एवं आक्रम गरिनु अत्यन्तै गम्भिर विषय हो । देशको अमन चयन एवं आपसी सद्भावमा खलल पु¥याउने व्यक्ती समुहलाई समय मै कानुनी दायरामा ल्याइएन भने अवस्था अत्यन्तै भयावह हुने निस्चित छ भनिएको छ ।
विज्ञप्तीमा यस किसिमका असमाजिक कुण्डलाई यथासिघ्र अनुसन्धान गरी कडा कानुनी कारवाही गर्न सम्बन्धित निकाय समक्ष परिषदले जोडदार माग गरेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -