सहारा दैनिक

spot_img
Homeदेशमधेशराम जानकी मन्दिर परिसरको अतिक्रमण हटाइयो

राम जानकी मन्दिर परिसरको अतिक्रमण हटाइयो

वीरगंज, २५ चैत्र ।
वीरगंज महानगरपालिका वडा नं.१० स्थित घडिअर्वा पोखरीको मूलद्वार अगाडि रहेको रामजानकी मन्दिरमा भएको अतिक्रमण हटाइएको छ ।
आफू मन्दिरको पुजारी हुं भन्दै शम्भुनाथ तिवारीले महानगर विरुद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन माग गर्दै उच्च अदालत वीरगंजमा दिएको रिट अस्वीकार भएसंगै महानगरले कथित पुजारीले मन्दिर नै बन्धक बनाउने गरि निर्माण गरेको संरचना डोजर लगाएर हटाएको हो ।
गत फागुन ४ गते पुजारीकै पक्षमा जारी भएको अन्तरिम आदेश खारेजीको माग गर्दै महानगरले अदालतमा निवेदन दिए पछि शुक्रबार न्यायाधीशद्वय शार·ा सुवेदी र शान्ता सेढाई सापकोटाको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गरे पछि शनिबार अतिक्रमण हटाइएको हो ।
पछिल्लो तीन दसक भन्दा बढी समयदेखि मन्दिर प्रवेशमा रोक लगाएर अतिक्रमण गरि निर्माण गरिएको पक्कि संरचनामा कथित पुजारीले भाडा असुली गर्दै आएका थिए ।
अतिक्रमण हटाउन महानगरका मेयर राजेशमान सिंह आफैं डोजरसहित पुग्नु भएको थियो ।
वि.सं.१९८२ देखि रामजानकी मन्दिरकै नाममा रहेको सो जग्गामा कथित पुजारी तिवारीले पछिल्लो तीन दसक भन्दा बढी समयदेखि मन्दिर नै बन्धक हुने गरी अतिक्रमण गरेर तीनै तर्फ पक्की संरचना बनाएर भाडा लगाएका थिए ।
अदालतले महानगरकै पक्षमा आदेश दिएसंगै अब सबै अतिक्रमित संरचना हटाएर मन्दिरलाई पुरानै संरचनामा फर्काएर दैनिक पुजापाठ हुने गरि संचालनमा ल्याउने मेयर सिंहले बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -