गौर, २४ चैत्र ।
नक्कली परिक्षार्थी राखेर एसईइ परिक्षामा सहभागी देखाएका देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु विरुद्ध विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
रौतहट जिल्ला देवाही गोनाही नगरपालिकाका मेयर कानु विरुद्ध नक्कली परिक्षार्थी राखेर एसईइ परिक्षामा सहभागी भएको मुद्दमा रौतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
मेयर साहको सट्टामा माध्यमिक शिक्षा एसईइ दिदै गरेका नक्कली परिक्षार्थी कमल साह पक्राउ परे पछि शुक्रवार रौतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
अनुसन्धानको क्रममा मेयर कानुको नाम आएकोले उनी माथि पनि छानविन गर्नु परेकोले जिल्ला अदालतवाट पक्राउ पुर्जीको मांग गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक विर वहादुर बुढा मगरले बताउनु भयो । उहाले अहिले मेयर भन्दा पनि उनी परिक्षार्थीको रुपमा देखिएकोले सोही बमोजिमको अनुसन्धान कार्य भई रहेको वताउनु भयो । मेयर साहको सट्टामा एसईइ दिदै गरेको आरोपमा गरुडा नगरपालिका वडा नं.६ टोल पोठीयाही घर भएको कमल साह पक्राउ परेको थियो । मौलापुर नगरपालिकाको माध्यमिक विद्यालयमा संचलन भई रहेको एसईइ मा नियमितता पुर्वक परिक्षार्थी मेयर साहले आफनो सट्टामा नक्कली परिक्षार्थी कमल साहलाई राखेर परिक्षा दिन लगाएको खुलेको प्रहरीको भनाई छ । पक्राउ परेका कमल साह रेडियो नेपालको बर्दीवास शाखामा पा“चौतहमा कार्यरत स्थायी कर्मचारी हुन । पक्राउ परेका साहले प्रहरी अनुसन्धानको क्रममा मेयर साहले नै आफूलाई परिक्षा दिन वोलाएको स्वीकार गरेको प्रहरीको भनाई छ । परिक्षा भई रहेको बेला अनुगमन टोलीलाई विधार्थी प्रति शंका लागेर चेक जा“च गर्दा नक्कली परिक्षार्थी भएको खुलेको थियो ।
Facebook Comments Box