राधेश्याम साह–––––––––––––––
गौर, २४ चैत्र ।
ब्युटिपार्लरबाट यौन धन्दामा संलग्न सञ्चालिका सहित ३ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
रौतहट जिल्ला सदरमुकाम गौर नगरपालिका वडा नं. १ स्थित ब्युटिपार्लर पसलमा प्रहरीले छापा मारेर यौनजन्य गतिविधिमा संलग्न रहेको आरोपमा संचालिका सहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
गौर नगरपालिका कार्यालय भन्दा पूर्वउत्तर तर्फको गल्लिमा संचालित रहेका साहिवा ब्यूटीपार्लर तथा साहिवा कोल्ड स्टोर्समा यौन जन्य गतिविधि संचालन भईरहेको स्थानीय बासिन्दाहरुको अनुरोधमा प्रहरीले शुक्रवार दिउसो छापा मारेर यौन धन्धामा संलग्न एक महिला र राजपुर नगरपालिका वडा नं. १ घर भएका एक पुरुषलाई नियन्त्रणमा लिएको हो ।
उक्त पार्लरको दुई वटा कोठामा रहेको बेडमा कण्डमहरु छयाप्छयाप्ती रहेका तथा त्यहाँ फेला परेको डसपिनमा प्रयोग गरिएका कण्डमहरु समेत बरामद भएको प्रहरी श्रोतले जनाएको छ ।
यौनजन्य गतिविधि गराउनमा संलग्न साहिवा ब्युटी पार्लरकी संचालिका समेतलाई प्रहरीले नियन्त्रणमा लिएको एक प्रत्यक्षदर्शीले जनाएका छन ।
गोप्य सुचनाको आधारमा छापा मारिएको प्रहरीले जनाएका छन् ।
पक्राउ परेका सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान गरेपछि विस्तृत जानकारी दिने बताइएको छ ।
Facebook Comments Box