वीरगंज, २२ चैत्र ।
पर्सा जिल्लाको सिमावर्ती क्षेत्रबाट निर्वाध तस्करी संचालन भइ रहेको पुष्टि भएको छ ।
पर्सा प्रहरीले बिल बिजक भन्दा बढी खुद्रा, कष्मेटिक, हार्डवेयर, औषधी तथा लत्ताकपडाहरू लोड रहेको मालबाहक सवारीहरु नियन्त्रणमा लिएको घट्नाले तस्करी भइरहेको पुष्टि भएको हो ।
बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, कष्मेटिक, हार्डवेयर, औषधी तथा लत्ताकपडाहरू बोकेको ट्रकहरू कलैया र बिराटनगर तर्फ लैजादै गरेकोे सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त सवारीहरु नियन्त्रणमा लिएको छ ।
प्रहरी टोलीले बुधवार वीरगंज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डबाट ना ३ च ३१५० र वडा नं. ८ घण्टाघर स्थित सडकखण्डबाट ना ३ ख ५८९९ नम्बरको ट्रकलाई नियन्त्रणमा लिईएको जिप्रकाले जनाएको छ ।
उक्त मालवाहक ट्रकहरूभित्र लोड रहेका खुद्रा, कष्मेटिक, हार्डवेयर, औषधी तथा लत्ताकपडाहरू अ.मु.रू.२ करोड २६ लाख २६ हजार ८ सय २३ बराबरको मालबस्तुहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।
त्यसै गरी भन्सार छली ल्याउदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा वीरगंज महानगरपालिका वडा नं.१३ पावरहाउस चोक स्थित सडकखण्डमा अवैध रूपमा भन्सार छली ओसार पसार गरी ल्याएको लत्ता कपडा तथा खाद्यान्न सामाग्रीहरु थुपारी राखेको छ भन्ने बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएका प्रहरी टोली बरामद गरेको हो ।
बरामद गरेको रू.२ लाख ९ हजार ९ सय ५० मुल्य बराबरको विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू आवश्यक कारवाहीको लागी बुधवार वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box