spot_img
Homeदेशमधेशवीउवा संघका पदाधिकारीहरुलाई मेयर सिंहको बधाइ

वीउवा संघका पदाधिकारीहरुलाई मेयर सिंहको बधाइ

वीरगंज, २२ चैत्र ।
बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले बीरगंज उघोग वाणिज्य संघको नव निर्वाचित अध्यक्ष सहित पदाधिकारीलाई बधाई ज्ञापन गर्नु भएको छ ।
नवनिर्वाचित अध्यक्ष अनिलकुमार अग्रवाल (पटवारी)लाई मेयर सिंहले एक कार्यक्रम विच खादा, माला र फुलेको गुलदस्ता दिएर बधाई व्यक्त गर्नु भएको हो ।
मेयर सिंहले संघका अध्यक्ष सहित नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, महासचिव आशिष लाठ, कोषाध्यक्ष शिवजी साह कलवाल, सह कोषाध्यक्ष अनोज रुगटा, सचिवद्वय प्रेम चन्द गोयल, शुशान्त चाचान, सह सचिवद्वय नरेश टिवडेवाल र निरज अग्रवाललाई माला र खादा लगाएर स्वागत गर्नु भयो ।
सो अवसरमा नयां कार्यसमितिलाई मेयर सिंहले बीरगंजको समग्र विकासमा सबै उघोगी व्यवसायीहरुको साथको लागी आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अनिलकुमार अग्रवाल पटवारीले बीरगंज उघोग वाणिज्य संघले बीरगंज महानगरपालिका सित सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
सो अवसरमा वीमनपाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेल , वडा अध्यक्षहरु राम किशोर सिंह (पराग), प्रदीप चौरसिया, सन्जु छतकुली, अजय कुमार बरै, बैजु स्वर्णकार, नगर प्रमुखका प्रेस सल्लाहकार महेश दास लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -