वीरगंज, २१ चैत्र ।
नारायणी यातायात कार्यालय पर्सामा आउने सेवाग्राहीलाई हैरानी दिने ११ जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भनी वार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाईल च्यापी भित्र वाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा अनावश्यक हैरानी दिने भन्ने जनगुनासोको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विचौलियाहरुलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले अनुगमन गर्दा सेवाग्राहीलाई हैरानी दिने कार्य गर्दै गरेको अवस्थामा ११ जना विचौलियाहरूलाई नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१२ को आलोक कुमार यादव, वडा नं.१३ को किशोर कुमार दयाल, वडा नं.१५ को दिपलाल साह र रामबाबु झालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यसै गरी पर्सा जिल्ला कालिकामाई गा.पा.वडा नं.४ को राजेश महतो, वी.म.न.पा.वडा नं.३ को रंजित गुप्ता, वडा नं.११ को लालबाबु महतो, बारा जिलला परवानीपुर गा.पा.वडा नं.५ को दरोगा दास, बारा जिल्ला प्रसौनी गा.पा.वडा नं.६ को मुकेश साह, वी.म.न.पा.वडा नं.११ मुर्लीको राजेश लामा र बारा जिल्ला प्रसौनी गा.पा.वडा नं.३ नौतनको दिपु महतो तत्मालाई पक्राउ गरिएको जिप्रकाले जनाएको छ । पक्राउ परेकाहरू विरुद्द सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्दको कसूरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ निर्मल बुढाथोकीले जानकारी दिनु भयो ।
Facebook Comments Box
सम्बन्धित खबर