वीरगंज, २१ चैत्र ।
मुक्त हरवा चरवाहरुको पुनरस्थापनाको लागी चैत २५ गते देखि वीरगंज र राजबिराजबाट हुने अधिकार यात्रालाई सफल बनाउन हरवा चरवा अधिकार मंचले परामर्श एवं अभिमुखिकरण सम्पन्न गरेको छ ।
जनसहभागिता जुटाएर यात्रालाई प्रभावकारी बनाउने उदेश्यले हरवा चरवा युवा एकटिभिसटहरुलाइ परामर्श एवं अभिमुखिकरण कार्यक्रम महोत्तरी जिल्ला स्थित बर्दिबासमा सम्पन्न भएको हो ।
राष्ट्रिय दलित नेटवर्कद्वारा हारवा चरवा अधिकार मंचको संयोजन र फ्रिडम फन्डको सहयोगमा आयोजित परामर्श एवं अभिमुखिकरण कार्यकमा अधिकार यात्राको बिस्तृत कार्ययोजनाको बारेमा छ्लफल भएको जन वकालत अधिकृत रुपनारायन पासवानले जानकारी दिनु भयो ।
मंचका महासचिव लागेन्द्र सदाको अध्यक्षतामा आयोजित परामर्श एवं अभिमुखिकरण कार्यकमा राष्ट्रिय दलित नेटवर्कका कोषाअध्यक्ष जंगबहादुर सुनारले यात्रा अवधीमा हुने शुभारम्भ र कोणसभाहरुमा स्थानीय तहका जनप्रतिनिधिहरुसंग अत्याधिक समन्वय र सहकार्य गर्न निर्देश गर्नु भयो । अभिमुखिकरणमा राष्ट्रिय दलित नेटवर्कका कार्यकारी निर्देशक हुकुम सार्की , फाइनान्स अफिसर भरत आग्रि , राष्ट्रिय हरवा चरवा अधिकार मंचका सह सचीव रामदयाल सदा लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
Facebook Comments Box