spot_img
Homeदेशकोशीसुनसरीमा पुर्व राजाको भव्य नागरिक अभिनन्दनः लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास...

सुनसरीमा पुर्व राजाको भव्य नागरिक अभिनन्दनः लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको–पुर्व राजा

कृषण सोनी–––––––––––––––
इनरुवा, २० चैत्र ।
पुर्व राजा ज्ञानेन्द्र शाहले स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासन बिना हुन सक्दैन भन्नु भएको छ ।
सुनसरी जिल्ला सदरमुकाम इनरुवामा पुर्व राजा शाहलाई गरिएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उहाले कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको आरोप लगाउनु भयो ।
परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदीलो परिणाम दिदैन भन्नु भयो ।
पुर्व राजा शाहले निश्चय पनि हामीले राष्ट्रियता र राष्ट्र एकताको रक्षा गर्नु छ, हामीले हाम्रो राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु छ र हामीले शान्ति, सुब्यवस्था र सुशासनका माध्यमबाट चौतर्फि विकासको बाटो लाग्नु छ भन्नु भयो ।
केशरबहादुर विष्टको संयोजकत्वमा गठित नागरिक अभिनन्दन मूल समारोह समितिद्वारा आयोजित समारोहमा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
सम्बोधनको पुर्ण पाठ
उपस्थित दीदीबहीनी तथा दाजुभाइहरु,
सुनसरी जिल्लाको यो सुन्दर नगरी इनरुवामा भेला भएर तपाईहरुले राष्ट्रको हित चिन्तन गर्दै र आजका जनआकांक्षा तथा आवश्यकताहरुलाई औलाएर जुन प्रकारको अभिनन्दन भाव प्रकट गर्नु भएको छ, त्यसप्रति म कृतज्ञता व्यक्त गर्दछु ।
सदासर्वदा स्वधिन रहेको र आफ्नै मौलिख मान्यता भित्र स्वाभिमानपूर्वक आधुनिकता तर्फ लागेको हाम्रो नेपाल हामीलाई सधै राम्रो लाग्छ, हामीलाई सधै प्यारो लाग्छ । राष्ट्रको यही गौरवगाथा र राष्ट्रप्रतिको त्यही अघात प्रेम फेरी एकपटक यहाँ प्रकट भएको छ । तपाईहरुले दर्शाउनु भएको यस्तो देशभक्ति हामीले ह्दय देखि सम्मान गर्दछौं । आफ्नो देशलाई माया गरेर, आफ्नो देशको अवस्थालाई बुझेर तपाईहरुबाट जसप्रकारको चिन्ता चासो र चिन्तन प्रस्तुत भएको छ त्यसमा मेरो गहिरो ध्यान पुगेको छ ।
स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासन बिना हुन सक्दैन । कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदीलो परिणाम दिदैन ।
निश्चय पनि हामीले राष्ट्रियता र राष्ट्र एकताको रक्षा गर्नुछ, निश्चय पनि हामीले हाम्रो राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु छ र निश्चय पनि हामीले शान्ति, सुब्यवस्था र सुशासनका माध्यमबाट चौतर्फि विकासको बाटो लाग्नु छ ।
राष्ट्र नै हाम्रो आफ्नो ब्रम्ह हो । आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन, अनि यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहंम धर्म हो । त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झीएर होइन अब हामीले हामी र हाम्रो भन्ने सुहाउदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नु पर्दछ । तपाईहरु जस्तै सबैमा यस्तै राष्ट्रिय दृष्टिकोण जाग्रत हुदै जावोस ।
धन्यवाद । जय नेपाल ।
सुनसरी, इनरुवा, चैत्र २०, २०७९

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -