वीरगंज, १९ चैत्र ।
मानव जिवनको लागी खतरायुक्त रहेको एक उद्योगको व्याइलर हटाउन माग गर्दै दिएको निवेदन उपर वीरगंज महानगरपालिकाले कारवाही नगरेको स्थानीयहरुले गुनासो गरेका छन ।
वीरगंज महानगरपालिका वडा नं. १० स्थित ठाकुरराम क्याम्पस छेउमा शंकर मितलले संचालन गरेको स्वीट मार्ट फुड प्रा.लि. प्रा·णमा स्थापित व्याइलरले वातावरण दुषित गर्नुको साथै विष्फोट हुने खतराले मध्यनजर गरी स्थानीयले वीरगंज महानगरपालिकामा दिएको निवेदन उपर कारवाही नभएको भन्दै स्थानीयले गुनासो व्यक्त गरेका हुन ।
चैत्र ६ गते स्थानीय प्रमेश्वर प्रसाद साह नेतृत्वमा दर्जनौ व्यक्तिले वीरगंज महानगरपालिकाको वातारण शाखामा निवेदन दर्ता गराइ सो उद्योगको व्याइलर (चकलेटको कच्चा पदार्थ पकाउने भठ्ठि) हटाउन माग गरेको भए पनि सो सम्बन्धमा हाल सम्म कुनै किसिमको कारवाही नभएको गुनासो निवेदकहरुले व्यक्त गरेका छन ।
स्वीट मार्ट फुड प्रा.लि. ले व्याइलर चलाउदा वीरगंज महानगरको विच घनावस्तिमा रहेका कारण सो क्षेत्रको वायु प्रदुषणले बस्न नै समस्या भएको छ भने असुरक्षीत तरिकाले स्थापना गरिएका कारण विष्फोट हुने समेत खतरा रहने गरेको स्थानीय अगुवा प्रमेश्वर प्रसाद साहको भनाइ छ ।
निवेदन दिए पछि पटक–पटक वीरगंज महानगरपालिका वातावरण शाखाका प्रदिप साहलाई ताकेता गर्दा उहाले एक हप्ता भित्र सो उद्योगको व्याइलर बन्द गराउने आस्वासन दिए पनि हाल सम्म कुनै किसिमको कारवाही नहुंदा अझ पनि व्याइलर संचालन रहनुको साथै वायु प्रदुषन विच बस्नु पर्ने वाध्यता रहेको स्थानीयहरुको गुनासो छ ।
यस सम्बन्धमा बुझ्न वीमनपा वातावरण शाखाका प्रदिप साहसंग बुझन खोज्दा उहाले मोबाइल उठाउनु भएन ।
Facebook Comments Box