गौर, १९ चैत्र ।
नगरपालिकाका मेयरको स्थानमा एसइइको परिक्षा दिने नक्कली परिक्ष्ाँर्थी पक्राउ परेका छन ।
रौतहट जिल्ला देवाहीगोनाही नगरपालिकाका मेयरले दिनु पर्ने एसइइ परिक्षामा निजका ज्वाइ पर्ने कमल साहले परिक्षा दिइरहेको अवस्थामा पक्राउ परेका हुन् ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को जाँच दिई रहेको अवस्थामा जिल्ला परिक्षा अनुगमन समितिले आईतवार पक्राउ गरेको छ ।
देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुले आफ्नो सट्टामा नक्कली परिक्षार्थीको रुपमा कमल साहलाई राखेर एसइइ परिक्षा दिदै गराएको अवस्थामा मौलापुर नगरपालिकाको लक्ष्मिनिया मा.वि. परिक्षा केन्द्रबाट अनुगमन टोलीले निजलाई पक्राउ गरेको हो ।
नेकपा एमालेबाट देवाहीगोनाही नगरपालिकाको मेयरमा निर्वाचित भएका कानुको सट्टामा एसइइ परिक्षा दिदै गरेका गरुडा ६ पोठियाहीका कमल साह पक्राउ परेका हुन ।
मौलापुर नगरपालिकाको लक्ष्मीनिया माविमा संचालन भइरहेको एसइइ परिक्षामा नियमित तर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परिक्षा दिइरहेका कमल साहलाई परिक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका साह मेयरका ज्वाइ रहेको बताइएको छ । ससुराका सट्टामा परिक्षा दिइरहेका नक्कली परिक्षार्थी कमल साह इन्जीनियर रहेको बताइएको छ ।
परिक्षा संचालन भएको अवस्थामा अनुगमन टोलीलाई विद्यार्थी प्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन । पक्राउ परेका नक्कली परिक्षार्थीको विषयमा गहन अनुसन्धान जारी रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
Facebook Comments Box