वीरगंज, १४ चैत्र ।
मानव जिवनसग खेलवाड गर्दै म्याद सकिएको खाद्यान्न सामानहरूमा नयाँ लेबलिंग गरी राखिएको अवस्थामा सामान सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. ३ ठेगानामा फर्म दर्ता गरी वडा नं. १३ स्थित श्रवण रूङटाको घरमा संचालन रहेको Snack & Pack Industries र Foodco Nepal Crop PVT. LTD. भित्र म्याद नाघेका खाद्य पदार्थमा नयाँ Label टाँसी बिक्री वितरण गर्नको लागि राखिएको अवस्थामा छापामारी गरी उनीहरुलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा सोमवार प्रहरी सहित सम्बध निकायका टोलीले छापामारी गरी उक्त फर्ममा शिलबन्दी गर्नुको साथै त्यहाबाट वी.म.न.पा.वडा नं.१३ बस्ने वर्ष ३२ को मनिष कुमार चौधरी वडा नं.७ बस्ने वर्ष २३ को आयुष अग्रवाल र वडा नं.१४ बस्ने वर्ष ३८ को हरि नारायण प्रसाद कुर्मीलाई पक्राउ गरेको थियो ।
वीरगंज महानगरपालिका वडा नं. ७ निवासी संजय अग्रवाल र विद्या कुमारी सरावगी र चितवन जिल्ला भरतपुर नगरपालिका वडा नं. ३ निवासी सन्तोष कुमार अग्रवालले संचालन गरेको फर्ममा जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय श्रीपुर, जिल्ला प्रशासन कार्यालय पर्सा, वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगंज पर्सा, कन्जुमर आई नेपाल र वीरगंज उधोग बाणिज्य संघ समेतको प्रतिनिधीहरूको उपस्थितीमा उधोगलाई खानतलासी गर्दा उधोगहरूमा म्याद सकिएको मशाला, ड्राइफुड,सोस, अजिनो, ब्रेड जाम लगायत अं.५५ हजार २ सय ७५ किलो खाद्यान्न बस्तु अंदाजी मूल्य रू.२७ लाख ९७ हजार ९ सय ४६ बराबरको सो मालबस्तुहरूको म्याद सकेको स्थानमा पुनःनयाँ म्याद लेखिने मेसिन समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यसरी म्याद सकिएका मालबस्तुका साथै पुनःनयाँ म्याद लेखिने मेसिन समेत बरामद भए पछि संचालकहरु फरार रहेको अवस्थामा उद्योगमा रहेका ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएकाहरु विरुद्द खाद्य पदार्थमा मिसावट गर्न नहुने सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको छ भने फरार रहेका संचालकहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box