वीरगंज, १३ चैत्र ।
गुठी संस्थानको ५२ बिगहा जग्गामा अवैध माटो उत्खनन र ठेक्काको दुरुपयोग गर्नेमाथी कडा कारवाही गर्ने गुठी संस्थान बीरगंजले जनाएको छ ।
गुठी संस्थान बीरगंजका प्रमुख चुडामणि घिमिरे र बीरगंज महानगरपालिका कार्यालयका पदाधिकारीहरुले अबैध उत्खनन भैरहेको जग्गाको सोमबार स्थलगत निरीक्षणका क्रममा संस्थान प्रमुखले यस्तो बताउनु भएको हो ।
वीरगंज महानगरपालिकाले अनुमती वेगर माटो उत्खनन गर्ने स्काभेटरसहित ४ टिपर नियन्त्रणमा लिएको थियो । गुठी संस्थानको जग्गामा अवैध उत्खनन गरेको समाचार बाहिरिए पछि गुठी संस्थान बीरगंजका प्रमुख चुडामणि घिमिरे र बीरगंज महानगरपालिका कार्यालयका पदाधिकारीहरुले अबैध उत्खनन भैरहेको जग्गाको सोमबार स्थलगत निरीक्षण गरेका छन ।
वीरगंज महानगरपालिका वडा नं. २८ साविक बगही गाविस वडा न ९ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिनाभन्दा अघिदेखि अवैध रुपमा उत्खनन गर्दै आएको स्थानीयले बताएका छन ।
दर्दवास्थित नदिको छेउबाट निरन्तर रुपमा उत्खनन भइरहेको हुंदा यसले भविष्यमा पुरै गाउनै जोखिममा परेका स्थानीय रामाज्ञा राउतले बताउनु हुन्छ ।
साविक एलानी पर्ती र गुठी को करीब ५२ बिगहा जग्गामा छठ घाट , श्मशान घाट , गौचरन रहेको र अहिले गुठी संस्थानले सो जग्गा बाली लगाउन ठेक्कामा दिएको भए पनि आफू खुशी माटो कटान गरि प्रती टिपर १ हजार मा दैनिक २ सय टिपर माटो खनन गरिरहेको स्थानीयहरु बताउछन ।
गुठी संस्थान बीरगंजका कार्यालय प्रमुख चुडामणि घिमिरेले खेती गर्न ठेक्कामा लिएको जग्गाको दुरुपयोग भएको बताउनु भयो । उहाले करीब ५२ बिगहा जग्गा गुठीको रहेको जसमा माटो कटान गरि गाउ नै डुवानमा हुने देखिन्छ त्यस विरुद्ध कडा कारवाही गरिने बताउनु भयो ।
नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषालकाअनुसार ना ८ ख ४१२५, ना ७ ख ६५९७, ना ७ ख ६६०३ र ना ८ ख५४०३ नम्बरको टिपर र बा २ ख ६२३३ नम्बरको स्काभेटर महानगरले नियन्त्रणमा लिएको बताउनु भयो ।
Facebook Comments Box