वीरगंज, १३ चैत्र ।
चिकेन स्टेशन वीरगंजका संचालक अरुण झाले सामाजिक संजालमा भुलबस पोष्ट हुन गएको सामग्री प्रति गम्भिर ध्यानाकर्षण भएको बताउनु भएको छ ।
झाले सोमवार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी भुलबस पोष्ट हुन गएको समाग्री प्रति चिकेन स्टेशन क्षमायाचना गरेको बताउनु भयो ।
वीरगंज महानगरपालिका वडा नं. ६ स्थित लोहारपट्टि गल्लीमा रहेको चिकेन स्टेशनका कर्मचारीले विज्ञापन गर्ने क्रममा भुलबस आपत्ती जनक हुन गएको समाग्री बारे हामी कल्पना पनि गर्न नसकिने बताउदै संचालक झाले हामी हाम्रो धर्म, संस्कृती प्रति प्रतिबद्ध रहेको बताउनु भयो ।
हाम्रो चिकेन स्टेशनमा साकाहारी र मान्साहारी ग्राहकका लागी छुट्ट–छुट्टै भान्सा समेत राखेको बताउदै झाले कर्मचारीले डिश (खाने कुरा)हरु सम्बन्धमा प्रचाप्रसारका लागी चुकुन्दरको कवाव सम्बन्धी पोष्ट गर्दा अंग्रेजीमा स्पेलिंग (लेखाइ) अन्यथा हुन गएकोले त्यसलाई सच्याउनुको साथै तत्कालै समाजिक संजाल मार्फत नै क्षमा याचना समेत गरिसकेका पत्रकार सम्मेलनमा वितरण गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
उहाले हाम्रो चिकेन स्टेशन वीरगंज फेसबुक पेजमा संयोगवश प्रकाशित भएको अघिल्लो पोस्टको लागी हामी क्षमाप्रार्थी छौं । हामी बुझ्छौं कि यसले भ्रम वा अपराध निम्त्याउन सक्छ त्यस प्रति सजग रहेको बताउनु भयो ।
उहाले भविष्यमा यस्तो गल्ती नदोहोरियोस् भनेर पहलकदमी लिइरहेका बताउनु भयो । पत्रकार सम्मेलनमा उपस्थित विज्ञापन पोष्ट गर्ने कर्मचारी समेतले आफुसंग अंग्रेजीमा लेख्दा स्पेलिंग गल्ती भएको स्वीकार गरे ।
उहाले विज्ञप्ती मार्फत कुनै किसिमको आशंका भए जति बेला पनि परिक्षण गर्न सकिने आग्रह गर्दै हिन्दु धर्मको मर्यादा प्रति सजग एवं सचेतका साथै गम्भिर रहेको पनि आग्रह गर्नु भएको छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारी, चिकेन स्टेशनका कर्मचारीहरु सहित पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
Facebook Comments Box