spot_img

विभिन्न मुद्दाका फरार प्रतिवादिहरु पक्राउ



वीरगंज, १२ चैत्र ।
जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतहरुबाट खटिएका प्रहरी टोलीले स्विप अप्रेशन गर्नुको साथै अबैध घरेलु भठ्ठी तथा मदिरा नष्ट र विभिन्न मुद्दाका फरार प्रतिवादिहरु पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले आइतवार पर्सा जिल्ला पकाहामैनपुर गा.पा. वडा नं. ३ र ४ स्थित धोबिया टोलमा विभिन्न व्यक्तिहरूले अबैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरिरहेको भन्ने सूचना अनुसार मदिरा भठ्ठी नष्ट गर्नुका साथै १ हजार २ सय लिटर कच्चा पदार्थ र २५० लिटर तयारी घरेलु मदिरा नष्ट गरिएको जिप्रकाले जनाएको छ ।
त्यसै गरी स्विप अप्रेशन अन्तरगत ट्राफिक प्रहरी समेतको सहभागीतामा ग्रामिन सडकहरुमा सवारी नियम उलंघन गरी सवारी साधन चलाउने ६० मो.सा. हरुलाई नियन्त्रणमा लिई अव आईन्दा ट्राफिक नियम उलंघन नगर्ने समेत सम्झाई– बुझाई सम्बन्धित धनि तथा चालकलाई मो.सा.हरु जिम्मा लगाईएको जिप्रकाले जनाएको छ ।
त्यस्तै चोरी मुद्दामा वीरगंज महानगपालिका वडा नं. ३२ बस्ने राज कुमार महतो धानुकको छोरा संजय कुमार महतो, लेनदेन तथा बिगो भरीभराउ मुद्दामा पोखरिया न.पा. वडा नं. ३ बस्ने कोथरिलाल कलवारको छोरी पुनम कुमारी राई र विवाह सम्बन्धी कसुर मुद्दामा सखुवाप्रसौनी गा.पा. वडा नं. ६ बस्ने प्रयाग साह तेलीको छोरा मुकेश साह सहित ३ जना फरार प्रतिवादिहरुलाई पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर