वीरगंज, ११ चैत्र ।
बालिकाहरुलाई निःशुल्क अध्यापन गराउदै आएको सुर्योदय सेकेण्डरी स्कुलले आफ्नो ७ औं वार्षीकोत्सव मनाएको छ ।
वीरगंज महानगरपालिका वडा नं. ३ आदर्शनगर पानीटंकी स्थित रहेको सो स्कुलले शनिवार एक कार्यक्रमको आयोजना गरी ७ औं वार्षीकोत्सव मनाएको हो ।
स्कुलकी प्रधानाध्यापक सिखा यादवको सभापतित्व र समाज सेवी निरञ्जन अग्रवालको प्रमुख आतिथ्यमा आयोजित वार्षीकोत्सव कार्यक्रममा सो स्कुलका छात्र छाछाहरुले सांस्कृतिक कार्यक्रम अन्तरगत नृन्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्कुलले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार पनि प्रदान गरेको स्कुलले जनाएको छ ।
Facebook Comments Box