वीरगंज, ११ चैत्र ।
हिन्दु स्वयंसेवक संघ नेपालद्वारा आयोजित स्वयंसेवक सम्मेलन सम्पन्न भएको छ ।
वीरगंज स्थित पुरानो बसपार्क आदर्शनगरमा हिन्दू नवबर्षको चैत शुक्ल प्रतिपदाको उपलक्ष्यमा आयोजित स्वयंसेवक सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलन कै अवसरमा आदर्शनगरस्थित पूरानो बस पार्कबाट सुरु भएको पथ यात्रा घडिअर्वा, माइस्थान, घण्टाघर हुंदै पुनः माइस्थान भएर आदर्शनगर, अलखियामठ, छपकैया हुंदै पुनः बस पार्कमा पुगेर समापन गरिएको थियो ।
बाजा गाजा सहित निकालिएको पथ यात्राका सहभागीहरुलाई नगर क्षेत्रमा स्थानीयहरुले ठाउ– ठाउमा पुष्प बर्षा गरेका थिए ।
स्वयंसेवक सम्मेलन तथा पथ यात्राको उद्घाटन वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवाललेले हिन्दुत्वको लागि जागृत भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।
हिन्दु स्वयंसेवक संघका विभाग संघचालक ललन द्विवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा विश्व हिन्दु परिषदका संगठन मन्त्री प्रहलाद रेग्मी, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राज पाल, जनजाती कल्याण आश्रमका अध्यक्ष सुरेश रुगंटा, वीगंज नगर संघचालक रामलक्ष्मण यादव लगायतको सहभागिता रहेको थियो भने पथ यात्रामा निरञ्जन अग्रवाल लगायत संघ चालकहरुको उल्लेखनीय सहभागिताहरेको थियो ।
Facebook Comments Box