spot_img
Homeदेशमधेशबिल बिजक भन्दा बढी सामान लोड २ ट्रक नियन्त्रण

बिल बिजक भन्दा बढी सामान लोड २ ट्रक नियन्त्रण

वीरगंज, ०८ चैत्र ।
बिल बिजक भन्दा बढी खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू लोड रहेको दुई ट्रकहरू पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. ८ घण्टाघर स्थित सडकखण्डबाट खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले ना.८ ख १६१३ र ना.४ ख ३८३१ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई ट्रकभित्र लोड रहेका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू अ.मु.रू.१ करोड ११ लाख ९९ हजार ३९ बराबरको मालबस्तुहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -