वीरगंज, ०६ चैत्र ।
वीरगंज महानगरपालिकाले “रात्री बजार” लगाउने तयारी गरेको छ ।
वीरगंजमा पहिलो पटक महानगरपालिकाले रात्री बजार लगाउने तयारी थालेको हो ।
महानगरपालिकाका मेयर राजेशमान सिंहले आफ्नो संकल्प अनुरुप वीरगंजमा पहिलो पटक “रात्री बजार” लगाउन थालिएको हो ।
महानगरपालिकाले चैत ३० गते बेलुका देखि बैशाख २ गते मध्य रातिसम्म वीरगंज आदर्शनगर चोक देखि पुरानो बसपार्क सम्म “रात्री बजार” लगाइने मेयर राजेशमान सिंहले जानकारी दिनु भयो ।
आर्थिक नगरी भनेर वीरगंजलाई चिनिने गरेको भए पनि वीरगंजको व्यवसाय सांझ नपर्दै बन्द हुने गरेको छ ।
यहांको आर्थतन्त्र चलायमान बनाउन र बजार अबेरसम्म संचालन हुने वातावरण बनाउन पनि परीक्षण स्वरुप नयाँ वर्षको अवसर पारेर तीन दिने रात्री बजार लगाउन जमर्को गरेको मेयर सिंहले बताउनु भयो ।
उहाले व्यवसायीक रुपमा वीरगंजको पहिचान थप बढाउन र रोजगारको अवसर प्रदान गर्ने योजना सहित रात्री बजार लगाउन लागेका हौ, यसले बजार चलायमान बनाउने पनि विश्वास लिएका छौं भन्नु भयो ।
महानगरको आयोजनामा वीरगंजमै पहिलो पटक हुन लागेको “रात्री बजार” मा विभिन्न ठाउका विशेष खानाका परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाकुडा लगायतका सरसामान पाउनुका साथै पटक तन्दुरी चायको शुरुआत गरिने पनि मेयर सिंहले जानकारी दिनुभयो ।
रात्री बजार आयोजना गर्दै गर्दा अवसर र चुनौतीबारे सम्बन्धित निकायसंग समन्वय भइरहेको र यसबाट नयाँ संदेश सहित सफलता प्राप्त भए लामो समय सम्म बजार लगाउन सकिने भएकोले पहिलो पटक नयाँ अवधारणा सहित लाग्ने बजारमा सहभागी भई सफल बनाउन मेयर सिंहले अपिल गर्नु भयो ।
महानगरले रात्री बजार संचालनका लागि विभिन्न संस्थासंग सहकार्य गरेको जनाइएको छ ।
ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एन.वाई.ई.एफ, वीरगंज साइकलिंग क्लब, ओमेन्स क्रिएसन र फोर.जि.आर जस्ता संस्थाहरुसंगको सहकार्यमा “रात्री बजार“ तयारीको काम अघि बढाइएको उहाले बताउनु भयो ।
आदर्शनगर चोकदेखि कैलास चोक र त्यहाबाट पुरानो बसपार्क सम्मको क्षेत्रमा करिब १ सय स्टल लगाउने गरि आवश्यक तयारी गरिएको जनाइएको छ ।
Facebook Comments Box