वीरगंज, ०५ चैत्र ।
एक्सपर्ट एजुकेसनद्वारा आयोजित अन्तर्राष्ट्रिय शैक्षिक मेला सम्पन्न भएको छ ।
एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिसेजले वीरगंज स्थित होटल दियालो लर्ड्स प्लाजामा आयोजित एक दिने अनतर्राष्ट्रिय शैक्षिक मेला सम्पन्न भएको हो ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गर्नु भएको शैक्षिक मेलामा अष्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, बेलायत र संयुक्त राज्य अमेरिकाको विश्व विद्यालयबाट आएका प्रतिनिधिहरुद्वारा विद्यार्थीहरुलाइ शैक्षिक तथा अध्यागमनका पछिल्ला परिवर्तित नियमहरुका बारेमा निःशुल्क परामर्श उपलब्ध गराइएको एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिसेज अष्ट्रेलियाका बिजनेस डेभलपमेन्ट म्यानेजर सौर्य जोशीले बताउनु भयो ।
मेलामा युनिभर्सिटी अफ न्यु ईगंलैण्ड, अष्ट्रेलियन इन्टरनेशनल ईन्स्टीच्युट अफ हायर एजुकेसन, टोरेन्स युनिभर्सिटी, माल्भेन युनिभर्सिटी, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, युपि एजुकेसन लगायत २५ वटा विश्व विद्यालयका प्रतिनिधिहरुसंग विद्यार्थीहरुले आफुलाई लागेको विषयमा निर्धक्क एक्लै परामर्श लिने व्यवस्थाका साथै अध्यनका लागि छात्रवृत्तिको व्यवस्थापनमा समेत विद्यार्थीहरुलाई जानकारी दिइएको जोशीले बताउनु भयो ।
मेलाको उद्घाटन कार्यक्रममा वीरगंज महानगर वडा नं. ४ का वडा अध्यक्ष जगत साह, वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिसेज अष्ट्रेलियाका अपरेसन म्यानेजर भुवन पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य विजय कुशवाहा, एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिसेज वीरगंजका प्रबन्धक आकाशनाथ जोशी लगायतको सहभागिता रहेको थियो ।
Facebook Comments Box