spot_img

मधेश प्रदेशमा कृषि तथा आर्थिक बिकासको अपार सम्भावना–अध्यक्ष टेमानी

- Advertisement -

वीरगंज, ०४ चैत्र ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले प्रत्येक जिल्लामा कृषि बजार हुनु पर्ने बताउनु भएको छ ।
बर्दिवास उद्योग वाणिज्य संघद्वारा आयोजित चौथो बर्दिवास महोत्सवको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष टेमानीले यस्तो बताउनु भएको हो ।
उहाले यस्ता महोत्सवहरुका मार्फत स्थानीय अर्थतन्त्रको बिकास, कृषि उत्पादनको बजारीकरण, स्थानीय हस्तकला तथा संस्कृतीको प्रर्वद्धनमा ठोस मदत पुग्ने भएकोले महोत्सवको ठुलो महत्व रहेको बताउनु भयो ।
अध्यक्ष टेमानीले मधेश प्रदेशले बोकेको कृषि तथा आर्थिक बिकासको अपार सम्भावनालाई राज्य स्तरबाट प्रर्वद्धन गर्नका निमित अल्पकालिन, मध्यकालिन र दिर्घकालिन कार्यक्रमहरु तर्जुमा गर्नु पर्नेमा जोड समेत दिनु भयो ।
उहाले यसै प्रदेश अन्तरगत रहेको नेपालको सबैभन्दा ठुलो बीरगंज–पथलैया अधोगिक करिडोरको बिकास, निर्माणाधिन द्रुत मार्गको सिघ्र संचालन, संचालनको संघारमा रहेको सिमरास्थित बिषेश आर्थिक क्षेत्र (क्भ्श्) को सिघ्र संचालन तर्फ नेपाल सरकारको ध्यानाकर्षण गराउदै मधेश प्रदेश भित्र रहेका अधुरो परियोजनाहरु सिघ्र पुरा गर्नु पर्नेमा जोड दिनु भयो ।
“स्थानीय कला, उद्योग, ब्यवसायको बिकास गरौ” भन्ने नाराका साथ आयोजित चौथो बर्दिवास महोत्सवको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निर्वमान अध्यक्ष गणेश लाठ, मधेश प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

Website | + posts

यो समाचार पढ्न छुट्नुभयो ?

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित २ जनालाई...

लागु औषध गाँजा सहित छ जना पक्राउ

वीरगंज, ०२ चैत्र । पर्सा प्रहरीले जिल्लाको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध...

बालिका बलात्कार कसुरमा १२ र १३ वर्ष कैद सजाय

सप्तरी, १८ फागुन (रासस) बालिका बलात्कार गरेको कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मधुबनीका...

प्रतिक्रिया लेख्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेटस्

राष्ट्रिय हितमा दायाँबायाँ हुन्न–प्रधानमनत्री

काठमाडौँ, ६ चैत (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय...

वीरगंजमा रात्री बजार लगाउने तयारी

वीरगंज, ०६ चैत्र । वीरगंज महानगरपालिकाले “रात्री बजार” लगाउने तयारी...

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित...