spot_img

स्वीट मार्ट फुड इन्डष्ट्रिज छापामारी प्रकरणः प्रहरी प्रशासनबाट त्रसित उद्योगी व्यवसायी संघका नेतृत्व प्रति आक्रोसित



सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०४ चैत्र ।
स्वीट मार्ट फुड इन्डष्ट्रिज छापामारी प्रकरण पछि स्थानीय प्रहरी प्रशासनबाट त्रसित उद्योगी व्यवसायी वीरगंज उद्योग वाणिज्य संघका नेतृत्व प्रति भने आक्रोसित देखिएका छन ।
पर्सा प्रहरीले उद्योगी व्यवसायीलाई त्रसित पार्ने गरी स्वीट मार्ट फुड इन्डष्ट्रिजमा अनाधिकृत रुपमा छापामारी गर्दा पनि उद्योगी व्यवसायीको पक्षमा वकालत गर्न गठित संघका पदाधिकारीहरु भने मौन बसेको प्रति उद्योगी व्यवसायीहरुले आक्रोस पोख्न थालेका छन ।
गत फाल्गुन २५ गते बिहिवार जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगंज महानगरपालिका वडा नं. १० स्थित रहेको स्वीट मार्ट फुड इन्डष्ट्रिजमा छापामारी गरी गोदाममा शिलबन्दी गरेका थिए ।
प्रहरी टोलीले वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधी समेत नलिई सो इन्डष्ट्रिजमा शिलबन्दी गर्नु र फाल्गुन २८ गते चेकजांच गर्दा पनि संघका प्रतिनिधीलाई नबोलाउनु नै संघको अवहेल्ना गर्नु एका तिर छ भने, चेकजांचको क्रममा कुनै किसिमको अवैध मालसामान फेला नपरे पछि दुःख दिने नियतले राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बोलाएर चेक गराउदा पनि केही फेला नपरेको भए पनि हाल सम्म उद्योग अवरुद्ध रहेको इनडष्ट्रिजका संचालक निरञ्जन अग्रवालको भनाइ छ ।
यसरी स्थानीय प्रहरी प्रशासनको बर्बरता सम्बन्धमा संचार माध्यममा चर्चाको शिखरमा रहेको भए पनि अहिले सम्म उद्योग वाणिज्य संघ एवं पदाधिकारीको तर्फबाट कुनै किसिमको प्रतिकृया नआउदा वीरगंजका उद्योगी व्यवसायीहरु आक्रोसित बनेका हुन ।
एक व्यवसायीका अनुसार संघले प्रत्येक सदस्यबाट वार्षिक रु. ५ हजार असुल्ने गरेका छन । तर उद्योगी व्यवसायीको पक्षमा वर्तमान नेतृत्व कुनै पनि काम नगरेको ति व्यवसायीको आरोप छ ।
नाम उल्लेख नगर्ने सर्तमा अर्का एक व्यवसायीले संघका पदाधिकारीहरु माथि गम्भिर आरोप समेत लगाएका छन । उनले संघका वर्तमान पदाधिकारीहरुले पछिल्लो समय सदस्य तथा संघको प्रावधान अनुसार विभिन्न आयात तथा निर्याकर्ताबाट आउने रकमबाट विदेश घुम्ने र राजधानीमा गएर डेलिगेशनको नाममा होटलहरुमा बसेर मौज मस्ती बाहेक केही कार्य नगरेको आरोप पनि लगाएका छन ।
संघ पदाधिकारी यस्ता गतिविधिका कारण केही उद्योगी व्यवसायीहरुले समानान्तर संगठन समेत निर्माण गर्ने तर्फ छलफल शुरु गरेको अर्का एक व्यवसायी बताउछन । संघमा हाल द्वध नागरिक भएको विवादित व्यक्ती समेतलाई कार्य समितिमा राखेर टिम खडा गरेका संघका पदाधिकारीहरुबाट अब उद्योगी व्यवसायीको संरक्षण हुन नसक्ने निक्यौल सहित समानान्तर संगठन निर्माण तर्फ छलफल शुरु गरेको व्यवसायी बसन्तले बताएका छन ।
स्वीट मार्ट फुड इन्डष्ट्रिज छापामारी प्रकरणमा प्रहरीको बदनियत देखिएको भए पनि संघले कुनै किसिमको प्रतिकृया नदिएको भन्ने उद्योगीको आरोप समबन्धमा राष्ट्रिय सहाराको जिज्ञासामा संघका अध्यक्ष डा. सुबोध गुप्ताले मिडिया मार्फत जानकारी भए पनि पिडित उद्योगीले लिखित जानकारी नदिएकाले हामीले प्रतिक्रिया नदिएको बताए ।
उनले पिडित व्यवसायीले लिखित रुपमा दिए पछि मात्र संघले केही गर्ने भने । त्यसै गरी नवनिर्वाचित संघका अध्यक्ष अनिल अग्रवालसंग जिज्ञासा राख्दा उनले केही बोल्न चाहेनन् ।
पिडित उद्योगी निरञ्जन अग्रवालले भने म पिडामा छु र मेरो उद्योगमा भएको घटना बारे वीरगंज बासी मात्र नभई देश भरी नै चर्चाको विषय बनेको अवस्थामा संघलाई मैले लिखित रुपमा दिनु पर्ने भन्ने अध्यक्षको भनाई विडम्बनापुर्ण भएको बताउछन ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर