वीरगंज, ०३ चैत्र ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर लायन डि.एन. अग्रवालले लायन वर्ष २०२३÷२४ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
उनले आगामी चैत्र २५ गते हुने लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको प्रथम डिष्ट्रिक्ट कन्भेन्सनका लागि डिष्ट्रिक्ट गभर्नर पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
क्लार्क रिसोर्ट वीरगंजमा शुक्रवार सम्पन्न मनोनयन कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको मनोनयन समितिका अध्यक्ष एवं लायन्स क्लब इन्टरनेशनलका पुर्व मल्टिपल काउन्सिल चेयरपर्सन लायन रमेश अग्रवाल समक्ष उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । लायन डि.एन. अग्रवाल प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर हुंदा होस् अथवा अन्य जिम्मेवारीमा रहंदा उनले लायन्समार्फत सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका छन् । लायन्स क्लबको अन्तर्राष्ट्रिय कन्भेन्सनमा आफ्नो महत्वपूर्ण प्रस्तुति राखिसकेका अग्रवाल नेपाली लायन्सको हरेक सदस्यहरु माझ भिजेर काम गरेकाले देशभरका लायन्स सदस्यहरुको मन र विश्वास जित्नेमा आफू ढुक्क रहेको बताउ छन् । अग्रवालसंगै प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदमा हेटौंडाबाट लायन तासी डोल्मा तुम्बाहाम्फे र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदमा काठमाडौंबाट लायन बिनय बस्नेतले पनि आ–आफ्ना उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन कार्यक्रममा लायन वर्ष २०२३÷२४ कालागि उम्मेदवारी दर्ता गराउनु भएका उम्मेदवारहरुलाई अतिथि बक्ताहरुले टिका र माला लगाएर सफलताको शुभकामना दिएका छन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस अन्तर्गतको एरिया ३ का प्रमुख लायन रिकेश साहको अध्यक्षतामा भएको मनोनयन कार्यक्रमको सहजिकरण लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी रिजन चेयरपर्सन लायन आशमा सिंह यादव र डिष्ट्रिक्ट डेपुटी चिफ लायन विजया ओझैयाले गर्नु भएको थियो । कार्यक्रममा लायन्स क्लबका पुर्व डिष्ट्रिक्ट गभर्नरद्वय लायन आर.पी. खेतान, लायन शम्भु नकर्मी, डिष्ट्रिक्ट ३२५ एसका क्याबिनेट सेक्रेटरी, एक्जुकेटिभ चिफ, डिष्ट्रिक्ट चिफ, डिष्ट्रिक्ट डेपुटि चिफ, एरिया चिफ, एओजी, रिजन चेयरपर्सन, जोन चेयरपर्सन, क्लबका प्रेसिडेन्ट, सेक्रेटरी, ट्रेजर, लियो क्लबका पदाधिकारी लगायत लायन्स क्लबका अन्य सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
Facebook Comments Box