spot_img

लागु औषध गाँजा सहित छ जना पक्राउ

- Advertisement -

वीरगंज, ०२ चैत्र ।
पर्सा प्रहरीले जिल्लाको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध सहित छ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रउ कोमल शाहको कमाण्डमा खटिएका प्रहरी टोली र प्रहरी चौकी मिलनचौकबाट खटिएको प्रहरी टोलीले छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध गाँजा सहित छ जनालाई पक्राउ गरेको हो ।
गोप्य सुचनाको आधारमा प्रउ शाहको नेतृत्वमा खटिएको टोलीले बिहिवार दिउसो जिल्लाको पटेर्वासुगौली गाउपालिका वडा नं.३ सोनवर्सा स्थित जैनुल होदाको घरमा खानतलासी गर्दा लुकाइ छिपाइ राखिएको अवस्थामा लागु औषध गाँजा २९ किलो बरामद गरेको जिप्रकाले जनाएको छ ।
खानतलासीका क्रममा लागु औषध गाँजा सहित घर धनी जैनुल होदा तथा लागु औषध किन बेचमा संलग्न मकवानपुर जिल्ला लाउती गाउपालिका वडा नं.३ बस्ने वर्ष ५० को रामजी थिङलाई नियन्त्रणमा लिइएको जिप्रकाले जनाएको छ ।
त्यसै गरी जिप्रका मातहतका प्रहरी चौकी मिलन चोकबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं.३१ स्थित मिलनचौकमा ना.२ ह ३०८९ नम्बरको अटो संकास्पदरूपमा जितपुरबाट मनवा तर्फ जादैगरेको अवस्थामा चेकजाँच गर्दा उक्त अटोमा लागु औषध गाँजा ५ पोकामा रहेको २७ किलो फेला परेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक गिरीले जानकारी दिनु भयो ।
गाँजा फेला परे पछि अटोमा सवार बी.म.न.पा.वडा नं.३२ को रमतुल्ला मिया, चितवन जिल्ला राप्ती न.पा.वडा नं.१२ वाकराङका सायमुल प्रजा, मरकुश प्रजा र रामबिलास प्रजालाई नियन्त्रणमा लिइएको जिप्रकाले जनाएको छ ।
लागु औषध सहित पक्राउ परेकाहरु विरुद्ध लागु औषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइ रहेको प्रवक्ता प्रनाउ गिरीले जानकारी दिनु भयो ।

Website | + posts

यो समाचार पढ्न छुट्नुभयो ?

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित २ जनालाई...

लागु औषध गाँजा सहित छ जना पक्राउ

वीरगंज, ०२ चैत्र । पर्सा प्रहरीले जिल्लाको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध...

बालिका बलात्कार कसुरमा १२ र १३ वर्ष कैद सजाय

सप्तरी, १८ फागुन (रासस) बालिका बलात्कार गरेको कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मधुबनीका...

प्रतिक्रिया लेख्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेटस्

राष्ट्रिय हितमा दायाँबायाँ हुन्न–प्रधानमनत्री

काठमाडौँ, ६ चैत (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय...

वीरगंजमा रात्री बजार लगाउने तयारी

वीरगंज, ०६ चैत्र । वीरगंज महानगरपालिकाले “रात्री बजार” लगाउने तयारी...

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित...