spot_img
Homeदेशमधेशबिना कारण प्रहरीको छापामारीले उद्योगी व्यवसायीमा त्रास

बिना कारण प्रहरीको छापामारीले उद्योगी व्यवसायीमा त्रास

कपिल डंगोल–––––––––––––––
वीरगंज, ३० फाल्गुन ।
स्वीट मार्ट फुड इन्डष्ट्रिजमा पर्सा प्रहरीले गरेको छापामारी घटनाले उद्योगी व्यवसायीमा त्रासको माहोल सृजना भएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर स्थित रहेको उक्त इन्डष्ट्रिजमा गत बिहिवार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले गरेको छापामारी पश्चात गोदाम शिलबन्दी घटनाले उद्योगी व्यवसायीहरुमा त्रासको माहोल सृजना भएको व्यवसायीहरु बताउ छन ।
प्रहरीले शिलबन्दी गरेको उक्त गोदाममा आइतवार गरिएको चेकजाँचको क्रममा भन्सार प्रज्ञापन पत्र तथा अन्यत्रबाट खरिद गरिएको मालसामानको बिल भन्दा फरक कुनै किसिमको सामानहरु बरामद नभए पनि थप एक दिन गोदाममा तालाबन्दी गरी उद्योगको उत्पादन अवरुद्ध गरेको घटनाले उद्योगी व्यवसायीमा त्रास सृजना भएको हो ।
बिहिवार देखी नै उद्योग बन्द हुने गरी स्वीट मार्ट फुड इन्डष्ट्रिजको गोदाममा गरेको शिलबन्दीका कारण उद्योग बन्द हुंदा कामदारहरु बेरोजगार हुनुका साथै राज्यको राजस्व समेत प्रभावित भएको अवस्था छ ।
उक्त इन्डष्ट्रिजमा कुनै किसिमको अवैध सामान फेला नपरे पनि प्रहरीले राजस्व अनुसन्धान कार्यालयलाई प्रवेश गराएर उद्योगलाई अवरुद्ध गर्नुको साथै उद्योगीलाई मानसिक यातना दिएको भान भएको व्यवसायी बसन्त अग्रवाल बताउछन ।
कोरोना महामारी पश्चात यसै पनी उद्योग धन्दा सुस्त भएको अवस्था रहेको एका तिर छ भने अर्को तिर प्रहरीले केही दलालहरुको सुचनाको आधारमा उद्योग नै अवरुद्ध हुने गरी गरेको काम कारवाहीले दुखित भएको उक्त इन्डष्ट्रिजका संचालक निरञ्जन अग्रवाल बताउछन ।
नियमसंगत उद्योग संचालन गर्दै आएको बताउदै उद्योगी अग्रवालले देश भरी रहेका चुइगम उत्पादन गर्ने उद्योगहरुले आयात गर्ने कच्चा पदार्थ नै मैले पनि सोही प्रकृया मार्फत आयात गरेको बताउछन ।
देश भरीमा करिब ८ र वीरगंजमा आफ्नो सहित ३ चुइगम उत्पादन गर्ने उद्योग रहेको छ । तर मेरो स्वीट मार्ट फुड इन्डष्ट्रिजमा मात्र छापामारी हुन्छ भनी उनले गुनासो व्यक्त गरेका छन ।
उनले अहिले प्रहरीले मेरो उद्योगको गोदाममा चेकजाँच गर्दा केही फेला नपरेको अवस्था छ भने यस अघी पनि एक भारतीय कम्पनीको आडमा पर्सा प्रहरीबाट आफुले कोपी राइटको मुद्दा खेपेको दुखेसो अग्रवालको छ ।
कोपी राइट मुद्दामा पनि आफुले ढिलो भए पनि सम्मानित अदालतबाट न्याय पाएको बताउदै संचालक अग्रवालले न्याय त अहिलेको घटनामा पनि पाउने नै हो तर उद्योग अवरोध हुंदा मजदुरहरु बेरोजगार भएका छन भने थोरै भए पनि बजारबाट माग भएको चुइगम उत्पादन गर्न नसकेको उनी बताउछन ।
पटक–पटक मुठि भर अर्थतन्त्रका धमिराहरुले उद्योग व्यवसायीलाई धारासायी पार्ने गरी गर्ने गरेको सडयन्त्र गर्ने र त्यसको माध्यम प्रहरी अर्थात नेपाल सरकारकै निकाय बन्नु दुर्भाग्य पुर्ण भएको अग्रवालको भनाइ छ ।
यसै विच उक्त इन्डष्ट्रिजमा कार्यरत रही प्रहरी छापामारीका कारण बेरोजगार भएका मजदुरहरुले सरकार हामीलाई रोजगार देउ भनी प्रदर्शन गरेका छन ।
सोमवार सो इन्डष्ट्रिज परिसरमा मजदुरहरुले “सरकार हामीलाई रोजगार देउ” लेखिएको प्ले कार्ड सहित प्रदर्शन गरेका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -