spot_img
Homeदेशमधेशभन्सार छलीको लत्ताकपडा नियन्त्रण

भन्सार छलीको लत्ताकपडा नियन्त्रण

वीरगंज, २९ फाल्गुन ।
भन्सार छली गरी ल्याउदै गरेको लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ ईनर्वाचोक स्थितबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको रू. २ लाख २९ हजार ६ सय ९० बराबरका विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू आवश्यक कारवाहीको लागी सोमवार वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -