spot_img

महानगरपालिकाद्वारा अतिक्रमित ५ विघा भन्दा बढी जग्गा नियन्त्रणमा

- Advertisement -

वीरगंज, २९ फाल्गुन ।
वीरगंज महानगरपालिकाले अतिक्रमित ५ विघा भन्दा बढी जग्गा नियन्त्रणमा लिएको छ ।
महानगर अन्तरगत वडा नं. १७ र १९ को सीमामा रहेको कोनिया गाउमा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर कब्जामा राखेको जग्गा महानगरले नियन्त्रणमा ल्याएको हो ।
महानगरको टोलीले नापचा“ज गरेर सार्वजनिक र निजी जग्गा छुट्याएर तारबारका लागि खन्ने काम समेत गरेको वीमनपाले जनाएको छ ।
सार्वजनिक जग्गा छुट्याएर तारबार गरि वृक्षारोपण गर्ने महानगरको योजना रहेको जनाइएको छ ।
सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै संभावित स्थानमा अनुगमन गदैृ हिडेका छन ।
अतिक्रमित जग्गा वडा नं. १७ का वडासदस्य अमोद यादव सहित केही स्थानीयले भोगचलन गर्दै आएका थिए ।
यादव एक्लैले आफ्नो नाममा रहेको ७ कठ्ठा जग्गाको आडैमा रहेको ४ विघा सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको वडा नं. १९ का वडाध्यक्ष मुकेश कुमार चौरसियाले बताउनुभयो ।
अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजा“च गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम गरिएको उहाले जानकारी दिनुभयो ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नगरक्षेत्र भित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी महानगर माताहातमा ल्याउन अभियान अगाडि बढाएसंगै वडा नं. १७ को ५ विघा जग्गा अधिनमा ल्याउन सफल भएको बताउनु भयो ।
अहिले महानगरसंग आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा कति छ भन्ने कुनै पनि तथ्यांक नरहंदा खोजिमा कठिनाई भइरहेको भए पनि अभियान सफल पार्न टोली दिनहुं खटिएको उहाले जानकारी दिनु भयो ।
मेयर सिंहले हामीले आज ठूलो सफलता प्राप्त गरेका छौं, अतिक्रमणमा परेको यति धेरै जग्गा एकै पटक हामिले शान्तिपूर्ण रुपमा अधिनमा ल्याएको बताउनु भयो ।
यो अभियान ३२ वटै वडामा संचालन हुने पनि महानगरले जनाएको छ ।
महानगर अन्तरगत प्रत्येक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न महानगरले खोजी अभियान अघि बढाएको मेयर सिंहले बताउनुभयो ।
अभियान अन्तर्गत सोमबार मेयर सिंहको सचिवालयका हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाल, वडा नं. १९ का वडा अध्यक्ष मुकेस कुमार चौरसिया, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन लेखनारायण कर्ण, प्रमोद साह, अनिल पंणित, रामेश्वर प्रसाद कुशवाहा लगायत स्थानीयको सहभागिता रहेको थियो ।

Website | + posts

यो समाचार पढ्न छुट्नुभयो ?

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित २ जनालाई...

लागु औषध गाँजा सहित छ जना पक्राउ

वीरगंज, ०२ चैत्र । पर्सा प्रहरीले जिल्लाको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध...

बालिका बलात्कार कसुरमा १२ र १३ वर्ष कैद सजाय

सप्तरी, १८ फागुन (रासस) बालिका बलात्कार गरेको कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मधुबनीका...

प्रतिक्रिया लेख्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेटस्

राष्ट्रिय हितमा दायाँबायाँ हुन्न–प्रधानमनत्री

काठमाडौँ, ६ चैत (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय...

वीरगंजमा रात्री बजार लगाउने तयारी

वीरगंज, ०६ चैत्र । वीरगंज महानगरपालिकाले “रात्री बजार” लगाउने तयारी...

लागु औषध लोड मिनि ट्रक र इ–रिक्सा सहित २ जना पक्राउ

वीरगंज, ०५ चैत्र । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित...