spot_img
Homeदेशमधेशस्वीट मार्ट फुड इन्डस्ट्रिजबाट अवैध सामान फेला परेन

स्वीट मार्ट फुड इन्डस्ट्रिजबाट अवैध सामान फेला परेन

वीरगंज, २८ फाल्गुन ।
पर्सा प्रहरीले शिलबन्दी गरेको वीरगंज महानगरपालिका वडा नं. १० स्थित रहेको चुइगम उत्पादन गर्ने स्वीट मार्ट फुड इन्डस्ट्रिजको गोदाममा भन्सार प्रज्ञापन भन्दा बढि अर्थात अवैध सामान फेला नपरेको समाचार बुझिन आएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले गत विहिवार सो उद्योगमा भन्सार प्रज्ञापन विनाको चुइगम उत्पादन गर्ने कच्चा पदार्थ (राँ गम) रहेको भनी छापामारी गरी गोदाममा शिलबन्दी गरेका थिए ।
आइतवार जिल्ला प्रहरी कार्यालय पर्सा, मातहतका वडा प्रहरी कार्यालय विर्ता, जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगंज महानगरपालिका वडा नं. १०को प्रतिनिधी तथा संचारकर्मीहरुको रोहवरमा भएको चेकजांचको क्रममा भन्सार प्रज्ञापन भन्दा फरक सामाग्रीहरु फेला नपरेको प्रहरी श्रोतबाट बुझिन आएको छ ।
कसैले दिएको सुचना (सुराकी)को आधारमा छापामारी गरेको प्रहरीले पछिल्लो ३ दिन देखी उद्योगलाई ठप्प पारेर आइतवार गरेको चेकजांचको क्रममा प्रज्ञापन तथा विभिन्न बिल बमोजिमको मालसामान मात्र फेला परेको प्रहरी श्रोतले जनाएको छ ।
यस सम्बन्धमा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रनि विदुर शिवाकोटीसंग संचारकर्मीहरुले जिज्ञासा राख्दा उहाले प्रज्ञापन भन्दा फरक सामाग्री फेला नपरे पनि थप अनुसन्धानको लागी राजस्व अनुसन्धानलाई जिम्मा दिने तयारी भइ रहेको बताए ।
यसै विच प्राप्त समाचार अनुसार प्रहरीलाई सुराकीले विना प्रज्ञापन तथा भन्सार दरबन्दीमा जालझेल गरेको भनी दिएको सुचना अनुसार छापामारी गरिएको भए पनि सोही भन्सार दरबन्दी अनुरुप वीरगंज महानगरपालिका वडा नं. १० स्थित सोही उद्योगको २० मिटरको दुरीमा रहेको शंकर मितलले संचालन गरेको स्वीट मार्ट फुड प्रा.ली. ले पनि चुइगमको कच्चा पदार्थ (राँ गम) आयात गरेको प्रमाण राष्ट्रिय सहारालाई प्राप्त भएको छ ।
मितलको स्वामित्वमा संचालित स्वीट मार्ट फुड प्रा.ली. ले पनि सोही दरबन्दी अनुरुप चुइगम उत्पादन गर्ने कच्चा पदार्थ राँ गम आयात गरिएको प्रज्ञापन पत्र नै सार्वजनिक भएको छ ।
अब मितलको उद्योगमा पनि शिलबन्दी अर्थात प्रहरीले छापामारी गर्नु पर्ने उद्योगी व्यवसायीहरुले आवाज उठाउन थालेको छ ।
एक व्यवसायीका अनुसार वीरगंजमा रहेको पपस फुड प्रोडकट, स्वीट मार्ट फुड प्रा.ली. र स्वीट मार्ट फुड इन्डस्ट्रिज सहित देशमा करिव ८ चुइगम उत्पादन गर्ने उद्योग रहेको छ र सोही भन्सार दरबन्दी अनुरुप राँ गम आयात गर्ने गरेको छ ।
तर कुनै उद्योगमा छापामारी नहुनु निरञ्जन अग्रवालले संचालन गरेको उद्योगमा छापामारी हुनुले विसुद्ध कसैको रिस्इभि साध्ने योजनाको तह प्रहरीलाई भ्रमित पार्ने कार्य भएको सहजै अनुमान लगाउन सकिन्छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -