गौर, २७ फाल्गुन ।
११३ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा अन्तरकृया कार्यक्रम गरिएको छ ।
श्री नारी चेतना महिला कृषक सहकारी संस्था लि. रौतहट गौरको सहकार्यमा गौर नगरपालिकाको आयोजना ११३ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अन्तरकृया कार्यक्रम गरी मनाइएको हो ।
गौर नगरपालिकाको सभाहलमा श्री नारी चेतना महिला कृषक सहकारी संस्थाकी अध्यक्ष गीता कुशवहाको सभापतित्वमा आयोजित कार्यक्रममा महिला अधिकारकर्मीहरूले समानता, महिला जागरण, महिला हिंसा न्युनिकरण र प्रविधिमा महिलाको पहुंच बिस्तारमा जोड दिएका छ्न ।
“लै·िक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिलाको पहुंच विस्तार” भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा नेकपा (एस) की नेतृ सरला यादवले २१ औ शताब्दीमा पनि महिलाहरुलाइ बोक्सी भनेर मानव मलमुत्र खुवाइ हिंसाको शिकार भएको दिन्हु समाचार आउने गरेकाले त्यस तर्फ सचेतता अपनाइ त्यस्ता घटना दोहोरिन नदिन आग्रह गरिन ।
उनले महिला लाई अवसर र अधिकार दिने भनेपनी राज्यले अझै पनि हात बांधेर बसेको गुनासो गर्दै महिला लाई दोस्रो दर्जाको नागरिकको रूपमा हेरिरहे सम्म परिवर्तनको कल्पना गर्न नसकिने बताइन ।
त्यसै गरी पुर्व सांसद कल्याणी खडकाले समाज परिवर्तन हुंदै गएको र महिलालाई नेपालको नयां संविधानले केही अधिकार दिए पनि अझै महिलाहरू अधिकार सम्पन्न नभएको बताइन ।
समान कामको समान ज्याला, राजनितीमा सहभागिता वृद्धि, क्षमता विकास गराउन ध्यान दिनु पर्नेमा जोड दिइन ।
कार्यक्रममा गौर नगरपालिका नगरप्रमुख शम्भु साहले “अन्तर्राष्ट्रिय महिला दिवस र विकृति निवारण विषयक” कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
Facebook Comments Box